Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

स्वर्णकार हत्याकाे विराेधमा प्याब्सनद्वारा विद्यालय बन्द आव्हान

spot_img
spot_img

वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले बाल एकता इङ्लिस बोर्डिङ स्कूल कलैयाका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को दिनदहाडै गोली हानी हत्या गरिएकाे विराेधमा मंगलबार विद्यालय बन्दकाे आव्हान गरेकाे छ ।

प्रधानाध्यापक सर्राफकाे हत्याको शोक र विरोधमा कार्तिक १४ गते मंगलबार प्याब्सन अर्न्तगतका सम्पूर्ण विद्यालयहरू बन्द रहने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी दिए ।

प्याब्सन पर्सा र वीरगंजले साेमबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बाराको सदरमुकाम कलैया उपमहानगरपालिकास्थित प्रधानाध्यापक रूपेश सर्राफकाे दिनदहाडै गोली हानी गरिएको हत्याको घटनाप्रति घोर भत्सर्ना समेत गरेकाे छ ।

जिल्लाको सदरमुकाममै दिनदहाडै विद्यालयका प्रधानाध्यापक सर्राफलाई गोली हानी हत्या हामीलाई गम्भीर बनाएको छ । यस घटनाले शिक्षक विद्यार्थी लगायत कोही पनि सुरक्षित नरहेको तितो यथार्थलाई उजागार गरेको हाम्रो ठहर छ । जारि विज्ञपतीमा उल्लेख गरिएकाे छ ।

साथै प्याब्सनले सर्राफको हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग  जोडदार माग समेत गरेकाे छ । दोषीलाई पक्राउ गरी पिडितलाई न्याय दिलाउन कुनै ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा पनि जारि विज्ञप्ति उल्लेख गरिएकाे छ ।

यसैगरी एन प्याब्सन बाराले पनि मंगलबार बाराका सबै बिधालय बन्द गर्न आव्हान गरेकाे छ । प्रधानाध्यापक सर्राफकाे हत्या विराेधमा दाेषी उपर कारवाहीकाे माग गर्दै विद्यालय बन्दकाे आव्हान गरिएकाे एन प्याब्सन बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...