Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चाेरीमा संलग्न नगवाका शेख र पवन पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले दशैकाे बेला वीरगंजकाे एक घरमा भएकाे चाेरीमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा निवासी ३२ बर्षिय शेख मख्खु र साेही ठाउँ निवासी ३० बर्षिय पवन यादवलाई नियन्त्रणमा लिएकाे हाे ।

चोरीमा संलग्न मध्येका शेख मख्खुको साथबाट सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, चन्द्रमाको कभर १ थान, सुन जस्तो देखिने डल्लो १ थान, मंगल सुत्र १ थान, कानको टप १ थान, चाँदी जस्तो देखिने धातुबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र रू एक हजार दरका नोट १५ थान अर्थात १५ हजार नगद फेला परेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे हरिवन नगरपालिका वडा नं.१ जानकीनगर घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं.५ स्थित घर कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरू साथमा  घर गएको मौका छोपी कार्तिक ८ गते घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर-गहाना तथा नगद समेत गरी अन्दाजी १० लाख बराबरका मालबस्तुहरू तथा गरगहानाहरू चोरी भएको थियाे ।

चाेरीकाे सूचनाको आधारमा कार्तिक ११ गते शनिबार दिउसाे ४:३० बजेकाे समयमा प्रहरी टोलीले दुबै जनालाई  नियन्त्रणमा लिई अनुसन्धान गर्दा शेख मख्खुकाे साथबाट चाेरी भएकाे गरगहना समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जना विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...