Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

कुनै गुनासो नआउने गरि काम गर्न मेयर सिंहकाे निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिएका छन् ।

जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाए । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उनले बताए ।

नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उनले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिए ।

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिए ।

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उनले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताए ।

वडा नं. २२ का वडाध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताए ।

यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...