Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कुनै गुनासो नआउने गरि काम गर्न मेयर सिंहकाे निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिएका छन् ।

जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाए । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उनले बताए ।

नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उनले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिए ।

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिए ।

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उनले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताए ।

वडा नं. २२ का वडाध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताए ।

यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...