Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा अत्याधिक गर्मीका कारण विद्यार्थीहरु बेहाेस हुनथाले

spot_img
spot_img

शैलेश गुप्ता /
पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना बिधार्थीहरु अत्याधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् । 

बेहोस हुनेमा कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव, कक्षा ९ मा अध्यनरत नेहा कुमारी, मनिता कुमारी यादव, अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निसमा कुशवाहा, साजदा खातुन रहेका छन । बेहोस भएका विद्यार्थीहरुकाे उपचार  पोखरिया अस्पतालमा गरिएकाे थियाे । 

विद्यालयमा गर्मीका विद्यार्थीहरु बेहाेस हुन थालेपछि पोखरिया नगरपालीकाले विहानकाे समयमा विद्यालय संचालन गर्न निर्देशन दिएकाे छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले एक सूचना जारी गर्दै असाेज ८ गते मंगलबारदेखि ११ गते सम्म सम्पूर्ण विद्यालयहरु विहान ६ बजेदेखि संचालन गर्न निर्देशन दिएका हुन् ।

नगरपालिका अन्तर्गत संचालित विद्यालयमा अध्यनरत बालबालिकाहरूमा अत्याधिक गर्मिका कारण पर्ने प्रति कुल अवसरलाई मध्यनजर गर्दै विहानकाे समयमा विद्यालय संचालन गर्न निर्देशन दिइएकाे प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले जानकारी दिए ।

यसैगरी पर्सा कै पटेवा सुगाैली गाउँपालिकामा पनि अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहाेस भएका छन् । पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं. २ रंगपुर टाँडी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु बेहोस भएका हुन् ।

यसैगरी वीरगंजकाे श्री सिदार्थ माविमा समेत विद्यार्थीहरु बेहाेस भएका छन् । अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै वेहाेस हुन थालेकाे विद्यालयका शिक्षकहरुले वताएका छन् ।

 यसैबिच पर्सा कै बिन्दबासिनी गाउँपालिकाले पनि बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । पर्सा लगायत मधेश प्रदेशमा अचानक बढेको अत्याधिक गर्मीका कारण बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिकाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...