Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

spot_img
spot_img

मुम्बई । सोमी अलीले सलमान खान र ऐश्वर्या रायको प्रेमकथा फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएको बताएकी छन् । यसअघि सलमान सोमीसँग सम्बन्धमा थिए । तर, जब सोमीलाई ऐश्वर्यासँगको सम्बन्धको खबर आयो तब उनले सलमानसँग ब्रेकअप गर्नु नै उचित ठानिन् ।

जुम टिभीलाई दिएको अन्तर्वार्तामा सोमीले भनिन्, ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ चलिरहेको थियो । एक दिन मैले सलमानलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् । त्यसपछि मैले फिल्मका निर्देशक सञ्जय लीला भन्सालीलाई फोन गरेँ र उनले भने– ‘सलमान सुटिङमा व्यस्त भएकाले तपाईसँग अहिले कुरा गर्न सक्दैन ।’

यो सुनेर मलाई निकै अनौठो लाग्यो । मैले उनलाई भनेँ, ‘यदि उनले सट दिइरहेका छन् भने निर्देशन किन नगर्नुभएको ? मेरो फोन किन उठाइ रहनुभएको छ ?’

  • सोमी सलमानसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्थे

सोमीले थप भनिन्, ‘पछि ऐश्वर्या सलमानको जिममा आउन थालिन्, जहाँ सलमान र म सँगै बस्थ्यौँ । म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तल्लामा बस्थेँ, जहाँ हाम्रो जिम पनि थियो।

उनले भनिन्, ‘मैले सलमानसँग काम गर्नेहरूबाट उनीहरूको प्रेमबारे जानकारी पाइरहेकी थिएँ । मलाई मेरो हृदयमा थाहा थियो कि उनीहरूको सम्बन्ध अझै गहिरो बन्ने छ । मलाई यो पनि थाहा थियो कि अब यो मेरो लागि छोड्ने समय हो।’

सोमीको बयान अघि नै मिडिया रिपोर्टमा सलमान र ऐश्वर्या फिल्म हम दिल दे चुके सनमको सेटमा नजिक भएको उल्लेख गरिएको थियो । फिल्ममा उनीहरूको अनस्क्रिन केमेस्ट्रीलाई निकै तारिफ गरिएको थियो । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन र सन् २००१ मा दुवैले अलग हुने निर्णय गरे ।

सलमानसँग अलग भएपछि ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...