Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

जथाभावी औषधि प्रयोग गरी असुरक्षित गर्भपतन गर्दा महिलाहरुको स्वास्थ्यमा जोखिम

spot_img
spot_img

वीरगंज । सुरक्षित गर्भपतनको बारेमा जनचेतना कमी हुँदा मातृ मृत्युदरको संख्यामा न्यूनीकरण हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारले सुरक्षित गर्भपतनको कानून नै बनाएर गर्भपतन सम्बन्धि सहज सेवा उपलब्ध गराएपनि जनचेतनाको कमीले गर्दा गर्भपतनका पराम्परागत तरिका र औषधिहरुको सेवन तथा प्रयोगले सुत्केरी महिलाहरुको ज्यान जोखिममा रहेको बताएका छन् ।

स्वास्थ्य लाईभ डटकमले आइतबार वीरगंजमा आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धी मिडिया सचेतना कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरपालिकामा एउटा मात्रै वगही स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको जानकारी दिदैँ अनिच्छुक गर्भ रहन गएकाहरुले सुरक्षित सेवा लिन सक्ने बताए ।

उनले गर्भपतनको विषयमा व्यापक प्रचार प्रसार नहुँदा सेवाग्राहीले सुरक्षित गर्भपतन गर्न नपाएर ज्यान जोखिममा पर्ने गरेको बताउदै यस्तो संवेदनशील विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए । उनले सुरक्षित गर्भपतनको बारेमा व्यापक जनचेतनाको आवश्यकता रहेको र यसमा सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

नारायणी अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मञ्जु रोयले नेपालमा गर्भपतनको कानूनी व्यावस्था र उपलब्ध उपचार सेवा तथा हालसम्मको गर्भपतनको अवस्थाको बारेमा जानकारी गराएकी थिइन । उनले नेपालमा २००२ देखि केही शर्तहरुको आधारमा गर्भपनतका लागि कानूनी मान्यता प्रदान गरेको र हालसम्म ७७ वटै जिल्लाका जिल्ला अस्पताल तथा सीमित स्वास्थ्य केन्द्रहरुमा गर्भपतनका सेवाहरु उपलब्ध रहेको बताइन ।

औषधिद्वारा गर्भपतन गर्ने ७७ वटा जिल्ला अस्पतालका केही स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता वा सो भन्दा माथिको गर्भपतनका लागि ३७ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा उपलब्ध रहेको उनले बताइन ।

स्वास्थ्य लाइभ डटकमका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुर, वीरगंज महानगरपालिकाका जनस्वास्थ्य शाखाका अधिकृत अनिशकान्त कुश्वाहा, इन्दिरा लाेहनी लगायतले गर्भपतनको सेवा र अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सुप्रिया साहले गरेका थिईन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...