Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का, जिल्ला र महानगर सचिवलगायत नेता जसपामा प्रवेश

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला सचिवसहित सक्रिय नेताहरूले पार्टी त्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शनिवार वीरगंजमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा जसपा नेपालका जिल्ला सचिव अहमदसहित वीरगंज महानगर कमिटीका सचिव असलम अन्सारी र पार्टी निकट समाजवादी विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष एजाजबाबु रांकीले जसपा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले पार्टीमा प्रवेश गरेका नेताहरूको स्वागत गरेका थिए । उनले पार्टी प्रबेश गराउँदै “तबरेज अहमदजस्ता नेताहरूको पार्टी प्रवेशले जसपा नेपाललाई निःसन्देह थप मजबुत बनाउने वताए ।

उनले भने ‘हाम्रो पार्टीको मूल उद्देश्य जनताको सेवा गर्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो । यी नेताहरूको आगमनले हामीलाई जनताको पक्षमा अझ राम्रो काम गर्न प्रेरणा मिल्नेछ ।”

त्यसै गरी उनले पार्टी भित्र जनताको आकाङ्क्षालाई पूरा गर्न सक्ने नेताहरूको आवश्यकता रहेको बताउँदै थपे, “हामीले सङ्गठनात्मक क्षमतालाई अझ प्रभावकारी बनाउनका लागि सबैले योगदान पुर्‍याउनुपर्छ । आज पार्टीमा सहभागी भएका सबै नेताहरूले भविष्यमा जनताको हितमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।” नवप्रवेशीहरूको आगमनले सङ्गठनलाई मात्र होइन, सम्पूर्ण मधेस आन्दोलनको उद्देश्यलाई पनि मजबुत बनाउने उनले विश्वास व्यक्त गरे । 

त्यसै गरी वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै भने “हाम्रो सङ्गठनलाई बलियो बनाउन सक्षम नेताहरूको आगमनले हामीलाई नयाँ ऊर्जा प्रदान गरेको छ । अब हामी वीरगंज लगायत मधेसका जनताको समृद्धि र विकासका लागि अझ प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ ।” उनले जनताको अपेक्षालाई सम्बोधन गर्दै पार्टीलाई अझ जनमुखी बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

पार्टी प्रवेशका क्रममा तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्वशैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको वताए । उनले भने, “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ ।” उनले थपे, “उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।” उनले अब जसपालाई बलियो बनाउन तर्फ आफूहरू लाग्ने सङ्कल्प पनि गरे ।

जसपाले हालैका दिनहरूमा सङ्गठनात्मक संरचनालाई अझ बलियो बनाउँदै लगेको छ । पार्टीमा अनुभव भएका र जनतामा लोकप्रियता हासिल गरेका नेताहरूको प्रवेशले सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...