Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

हरवाचरवा अगुवाका लागि आन्दोलन निर्माण सम्बन्धी दुई दिवसीय प्रशिक्षण

spot_img
spot_img

जनकपुरधाम । मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा हाम्रो सरोकार ।। भन्ने मुल नाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा हरवाचरवा अगुवाका लागि नेतृत्व बिकास, आन्दोलन निर्माण तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिवसीय प्रशिक्षण शनिबारबाट शुरु भएको छ ।

नेपालको संबैधानिक र कानुनी प्रावधान अनुसार मिति २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्रीहरू, साँसदहरु, मन्त्रालयका सचिवहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया, कम्लरी तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहकाबीच अनुचित ऋणको खारेजीसहित पूर्वी तराईका बारादेखि सुनसरी सम्मका ९ जिल्लाहरुमा रहेका करिव १ लाख भन्दा बढी हरवाचरवाहरुको मुक्तिको घोषणा गर्नु भएको थियो ।

हरवाचरवाको मुक्तिको घोषणासँगै नेपालमा सामन्तवादका अवशेषका रुपमा रहेको प्रथाहरु औपचारिक रुपमा अन्त्य भएका थियो भने नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको थियो । मुक्तिको घोषणा भएको २ बर्ष वितिसक्दा समेत नेपाल सरकारले पुनःस्थापनाको कुनै कार्य अघि बढाएको छैन ।

घोषणासंगै नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तिकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु सम्बोधनको प्रारम्भ अहिलेसम्म हुन नसकको अवस्थालाई मध्य नजर गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका प्रतिनीधीहरुको नेतृत्व बिकास र जनवकालत सिप सम्बन्धी क्षमता अभिबृद्धी गरि मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापनाका लागि आन्दोलन निर्माण मार्फत स्थानिय, प्रदेश र संघीय सरकारलाई दवाव दिने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्च केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए ।

दुई दिन सम्म चल्ने उक्त प्रशिक्षण संगठन निर्माण र परिचालन, नेतृत्व बिकास, सवालमा आधारित नीतिगत जनवकालत, सरोकारवाला निकायसंग समन्वय, संबैधानिक र कानुनी प्रावधान, जलवायु परिवर्तन सम्बन्धी बिषयमा केन्द्रीत हुनेछ । प्रशिक्षणको दौरानमा ३ महिने जनवकालत योजना निर्माण मार्फत आगामी आन्दोलन सञ्चालन गरिनेछ ।

राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजना र मुक्त हरवाचरवा अधिकार मञ्चसंगको समन्वयमा आयोजना गरिएको प्रशिक्षणको सहजीकरण राष्ट्रिय दलित नेटवर्क, नेपालका संरक्षक गणेश बिश्वकर्मा, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई र कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले गरिरहनु भएको छ । प्रशिक्षणमा मधेश प्रदेशका ८ वटै जिल्लाहरुबाट प्रतिनीधित्व हुने गरि ३० जना हरवाचरवा अगुवाहरुको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...