Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

गाैतम स्कुलका शिक्षककाे कुटपिटबाट घाइते बालककाे कानकाे जाली फुटेकाे पुष्टी

spot_img
spot_img

वीरगंज । शिक्षककाे कुटपिटबाट घाइते गौतम स्कुलका विद्यार्थीकाे कानकाे जाली फुटेकाे चिकित्सकले वताएका छन् । शिक्षककाे कुटपिटबाट घाइते गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षिय बालक आर्जन राउत कुर्मीकाे उपचार गराउँदा चिकित्सकले कानकाे जाली फुटेकाे वताएका हुन् ।

गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको उनकाे बुवा रामबाबु राउत कुर्मीले वताए । शिक्षिका गुप्ताले गालामा जोडले तीन थप्पड हिर्काउदाँ देब्रे कानको जाली फुटेर रगत समेत बगेको कुर्मीले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा नयाँ टोलका बासिन्दा रामबाबुका अनुसार, बुधबार शिक्षिकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनलाई त्यहि दिन आर्जनलाई आँफुले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए । त्यसपछि शुक्रबारफेरि थप उपचारका लागि वीरगंज कै डाक्टर बिके झाको क्लीनकमा लग्दा डाक्टर झालेपनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए ।

उनले भने,‘घटना भएको दिन बुधबार मेडिकल कलेजमा लगेर उपचार गराए । त्यहाँको डाक्टरले कानको जाली फुटेको भनेर भने । स्कुललाई त्यसमा विश्वास नभएपछि शुक्रबार फेरि डाक्टर बिके झाको क्लीनिकमा स्कुलकै शिक्षक र कर्मचारीहरुले लगेर देखाए । डाक्टर झालेपनि परिक्षण गर्दा कानको जाली फुटेको भने।’ मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको उनले बताए ।

तर डाक्टरले जाली फुटेको कान निको हुन कम्तिमापनि तीन चार महिना लाग्ने भनेकाले अब यसपछि लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको बुबा रामबाबु कुर्मीले बतााए ।

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन हालेकोपनि उनले जानकारी दिए । अब आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामापनि उजुरी दिने उनले बताए ।

स्कुल व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएकोपनि उनले बताए । उनले भने,‘ घटना भएकै दिन स्कुलबाट मलाई कुनै जानकारी दिइएन । त्यसदिन छोराको कानबाट रगत बगेपछि स्कुलमै त्यहाका कर्मचारीले कानमा ड्रप हालेर घटना सामसुम पार्न खोजिएको रहेछ । तर घर आएपछि छोराले सबै कुरा बताएपछि मात्रै मैले थाहा पाए । त्यसपछि म आँफैले स्कुलमा शिक्षिका गुप्तालाई फोन गरेर जानकारी लिए ।’

उनले थपे,‘मेरो माग भनेको पहिलो छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही होस् । दोस्रो छोराको कान पूर्ण रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिओस् ।’

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघलेपनि आइतबार वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...