Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरुलाई तीव्रता दिएको बताएका छन् ।

शनिबार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित “सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति” को २२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री यादवले संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्नुकाे साथै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको वताए ।

उनले भने, “सफा, सुरक्षित र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो । मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ । हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ ।”

मन्त्री यादवले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले थपे, “सुनकोसी–मरिन डाइभर्जन परियोजनामार्फत मधेसको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ, यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउनेछ ।”

उपभोक्ता समितिहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउन ४२ हजारभन्दा बढी उपभोक्ता समितिहरूसँग सहकार्य गरेर पानीको सङ्कट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै उनले सिमरा खानेपानी समितिको मागअनुसार नयाँ ट्याङ्की निर्माण र डिप ट्युबवेल जडानका योजनाहरू प्राथमिकतामा रहेको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्न नेपालका हिमाली स्रोतहरुको उचित उपयोगमा जोड दिँदै मन्त्री यादवले भने, “नेपालका हिमालहरूको पानीलाई विश्वभर वितरण गर्ने योजना अगाडि बढाउँदै छौँ, जसले देशको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।” यस अवसरमा सहभागी वक्ताहरुले सिमरा खानेपानी समितिको प्रयासको प्रशंसा गर्दै, सरकार र उपभोक्ता समितिहरूबिचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रम समितिका अध्यक्ष कासिम हुसेनको सभापतित्वमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा मधेस प्रदेशकी सांसद मञ्जु थापा मगरलगायतको उपस्थिति थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब...