Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

लायन्स क्लबद्वारा छात्राहरुलाई आत्मरक्षा तालिम

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे आयाेजनामा साेमबारदेखि वीरगंजमा सात दिने आत्मरक्षा तालिम सुरु भएकाे छ । नेपाल कराते महासंघ पर्साकाे सहयाेगमा वीरगंज १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयमा तालिम सुरु भएकाे हाे ।

क्लबका अध्यक्ष सुनिल कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे तालिमकाे उद्घाटन श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रले गरेका थिए । तालिम उद्घाटन गर्दै प्रधानाध्यापक मिश्रले तालिम छात्राहरुकाे लागि फलदायी हुने विश्वास ब्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा लायन्स विजय कुमार गुप्ता, लायन्स विनित जयसवाल, लायन्स गाेबिन्द प्रसाद कानु, नेपाल कराते महासंघ पर्साका अध्यक्ष राजु साह, उपाध्यक्ष राकेश श्रेष्ठ, सचिव बिश्वराज पटेल, दिलिप पटेल तथा विद्यालयका शिक्षक शिक्षिकाहरुकाे उपस्थिती रहेकाे थियाे ।

उक्त तालिमका कक्षा ८, ९ र १० का एक सय जना भन्दा बढी छात्राहरुकाे सहभागिता रहेकाे आयाेजक क्लबले जनाएकाे छ । तालिममा हेमा मगर र बर्षा पाेखरेलले प्रशिक्षण दिइरहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...