Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

छिपहरमाई गाउँपालिकाकाे मनाेपरी, सूचना आयाेगकाे निर्देशन समेत टेरेनन्

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा सूचना माग्न पुगेका संचारकर्मीसंग दुर्ब्यवहार भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे कार्यालय भिस्वामा आइतबार सूचना माग्न गएका वीरगंज एक्सप्रेस अनलाइनका धर्मेन्द्र प्रसाद यादवसंग दुर्ब्यवहार भएकाे हाे ।

छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहीया निवासी यादवले ६ महिना पहिला माग गरेकाे सूचना गाउँपालिका कार्यालयले हाल सम्म उपलब्ध गराएकाे छैन । उनले पहिलाे पटक २०८० पुस २६ गते गाउँपालिका कार्यालय मै गएर विभिन्न किसिमकाे सूचनाहरु माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि पनि अर्काे सूचना उनले २०८१ जेठ ७ गते गाउँपालिका कार्यालयसंग लिखित रुप मै माग गरेका थिए ।

त्याे दुबै सूचना गाउँपालिका कार्यालयले उनलाई उपलब्ध नगराएपछि फेरी त्यही सूचना उनले मिति २०८१ असार २ गते हुलाक मार्फत गाउँपालिकासंग माग गरेका थिए ।

बारम्बार उनले गाउँपालिकासंग समाजिक विकास निर्माण लगायतका ८ वटा सूचना माग गर्दा महिनाै सम्म उपलब्ध नगराएपछि फेरी उनी सूचना उपलब्ध गराइदिन भन्दै सूचना आयाेगलाई गुहारेका थिए । उनले बारम्बार छिपहरमाई गाउँपालिकासंग विभिन्न किसिमकाे सूचना माग गर्दा गाउँपालिका उपलब्ध नगराएकाे भन्दै मिति २०८१ साउन ३१ गते राष्ट्रिय सूचना आयाेगमा निवेदन दिएका थिए ।

त्यँही निवेदनकाे आधारमा छिपहरमाई गाउँपालिकालाई धर्मेन्द्र यादवले माग गरेकाे सूचना उपलब्ध गराइदिन सूचना आयाेगले निर्देशन दिएकाे थियाे । सूचना आयाेगले समेत सूचना उपलब्ध गराइदिन मिति २०८१ भदाै ७ गते गाउँपालिकालाई निर्देशनात्मक आदेश दिदा समेत हाल सम्म गाउँपालिकाले सूचना उपलब्ध नगराएकाे यादवले गुनासाे गरेका छन् ।

साेही निर्देशनकाे पत्र समेत लिएर दाेस्राे पटक गाउँपालिका कार्यालयमा पुगेका यादवसंग गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले गाउँपालिका प्रहरी लगाएर दुर्ब्यवहार गराएका हुन् । गाउँपालिका अध्यक्ष गुप्ता कै निर्देशनमा आफुसंग दुर्ब्यवहार भएकाे उनले आराेप लगाएका छन् ।

उनले आइतबार कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीसंग सूचना उपलब्ध गराइदिन आफुले भनिरहँदा कै समयमा एक जना गाउँपालिका प्रहरीले आएर काेठा बाहिर निकाले वताए । सूचनाकाे हक अनुसार नै आफुले लामाे समयदेखि माग गरेकाे सूचना गाउँपालिका अध्यक्ष कै निर्देशनमा आफुलाई उपलध नगराइएकाे उनले वताए ।

यसैगरी छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देवीले समेत माग गरेकाे सूचना गाउँपालिका अध्यक्ष कै निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले उपलब्ध गराएका छैनन् ।

गाउँ सभा र कार्यपालिका बैठकमा भएको निर्णयकाे प्रमाणित प्रतिलिपी जनप्रतिनिधिले माग गर्दा समेत उलब्ध नगराउनुले गाउँपालिकामा भएकाे गैर कानुनी, नियम विपरितकाे कामकाे भण्डाफाेर हुने डर रहेकाे स्थानियहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...