Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 368

जगरनाथपुरमा प्रजनन् रुग्णता सम्बन्धि जाँच शिविर सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रजनन् रुग्णता सेवा (आँग खस्ने अबष्ट्रेटीक फिस्टुला पाठेघर क्यान्सर भी.ई.ए.आदि ) जाँच शिविर आइतबार सम्पन्न भएकाे छ ।

जगरनाथपुर गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरकाे गाउँपालिका अध्यक्ष श्रीकान्त प्रिसाद यादव र उपाध्यक्ष विविता कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

जगरनाथपुर गाउँपालिका वडा नं. ६ स्थित औराहा स्वास्थ्य चाैकी संठीमा भएकाे शिविरमा १७४ जना महिलाहरुले स्वास्थ्य जांच गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले जानकारी दिए ।

शिविरमा सहभागि महिलाहरुकाे नारायणी अस्पताल वीरगंजका स्त्री तथा प्रशुती राेग विशेषज्ञ डा. मन्जु राय कुर्मी, पाेखरिया अस्पतालकी नर्सिङ निरीक्षक गुन्जा चौधरी लगायत स्थानिय स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षणण गरेका थिए ।

शिविरमा सहभागिहरु मध्ये भल्ट प्राेलेप्स ६ जना र यूट्राेभेजिनाल प्राेलेप्स १६ जनामा फेला परेकाे जगरनाथपुर गाउँपालिका सवास्थ्यकर्मी अशाेक पटेलले जानकारी दिए । जुन बिरामीलाई शल्यक्रिया गर्नु पर्ने उनले वताए ।

रास्पा पर्साद्वारा सरकारकाे विराेधमा प्रदर्शन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) पर्साले सरकारकाे विराेधमा आइतबार वीरगंजमा प्रदर्शन गरेकाे छ ।

केन्द्रिय निर्देशन अनुसार अहिलेको सरकारको रवैयको बिरोधमा वीरगंजकाे घणटघरमा प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड) र गृह मन्त्री नारायणकाजी श्रेष्ठकाे पुत्ला राखेर प्रदर्शन गरिएकाे रास्वपा पर्साका नेता महादेव कुर्मीले वताए ।

गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने लगायतका सरकारकाे गलत रवैयाकाे विराेध गरिएकाे उनले वताए । विराेध कार्यक्रम मार्फत सरकारसंगग नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला लगायतका काण्डमा दाेषीलाई कारवाही खाेई ? प्रश्न गर्दै जवाफ समेत माग गरिएकाे कुर्मीले वताए ।

विराेध कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादव, पर्सा जिल्ला संयोजक दिलिप कुर्मी, जितेन्द्र मिश्रा लगायतको सहभागिता रहेकाे थियाे ।

हरवाचरवा अधिकार मञ्च पर्साको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

वीरगंज । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च पिर्साको दोश्रो जिल्ला सम्मेलन आइतबार वीरगंजमा सम्पन्न भएको छ ।

सम्मेलनका प्रमुख अतिथी एवं मधेस प्रदेश सरकारका उद्योग, बाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले राज्यको संरचनात्मक रुपान्तरण मार्फत कृषिमा आधारित बधुवा मजदुर हरवाचरवाको राजनितीक, आर्थिक र सामाजिक अधिकार सुनिश्चीत गर्नका लागि निति निर्माता, सरकारी तथा सेवाप्रदायक निकायहरुको मानसिकतामा आम रुपमा परिवर्तन हुन आवश्यक रहेको वताए ।

उनले समाजमा पछाडी पारिएका बर्ग र समुदायको हितका लागि राज्यले गरिव मैत्री निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन संयन्त्रको बिकास गरिनु पर्ने कुरा औल्याए । मन्त्री अन्सारीले मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापनका लागि मधेस प्रदेश सरकारले एउटा रणनितिक कार्ययोजना निर्माण गर्न आफु तत्पर रहेको कुरामा प्रतिबद्धता समेत ब्यक्त गरे ।

उनले व्यवस्था बललिए पनि अवस्था नबदलिएकाे वताउँदै त्यसकाे लागि हामी सबैकाे स्वभावमा परिवर्तन हुन जरुरी रहेकाे वताए ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं मधेश प्रदेश सभा सदस्य प्रमोद जैसवालले हरवाचरवाको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण सम्बन्धी कार्यबिधी २०८० यथासक्य चाँडो पारित गरि हरवाचरवाको पहिचान मार्फत पुर्नस्थापन कार्यक्रमलाई अगाडी बढाउन आफुले मधेश प्रदेश सभामा जोडदार ढंगले सवाल उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

साथै उनले यसका लागि स्थानिय सरकार र संघीय सरकारसंग समन्वय कायम गरिनुपर्ने र यसमा बिकास साँझेदारको पनि सहयोग आवश्यक रहेको कुरामा जोड दिए ।

सम्मेलनको उदघाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य लभकुश बैठा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पर्साका सचिव बिक्रम चौरसिया, नेपाल बार एशोसियशन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु शाह, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, दलित नेता प्रभु पासवान, मदन हजारा र राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला हरवाचरवा एक्टीभिष्ट बृजलाल पासवानले स्वागत गर्दै सम्मेलनको औचियत्तामाथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत रुपनारायण पासवानले गरेका थिए ।

सम्मेलनले अमरदेव पासवानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च पर्सा गठन गरेको छ । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमसः. उमापती माँझी, खेदन माँझी, शोभादेवी राम र रीतादेवी पासवान चयन भएका छन् ।

साथै मञ्चको सदस्यहरुमा शेर बहादुर पाशवान, रामआशिष राम, तेतरी माँझी, धनराज राम, बेदामीदेबी राम, सुदामादेवी, लालमुनीदेवी राम, लालमनी कम्कर, शिव पाशवान र भागमतीदेवी राम चुनिएका छन् ।

पटेर्वा सुगौलीमा एक वृद्ध मृत फेला

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शनिबार एक जना वृद्ध मृत भेटिएका छन् ।
 
पटेर्वा सुगाैली गाउँपालिकाको वडा नं. ५ मनिअर्वास्थित हुलाकी सडक छेउमा रहेकाे खाली गाई फर्ममा झुण्डिएकाे अवस्थामा एक वृद्ध मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
 
प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ मिथिला नगरका ६० बर्षिय पुरुषोत्तम क्षेत्री मृत अवस्थामा फेला परेका हुन् । 
 
स्थानियले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरी नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
 
शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि वीरगंजकाे नारायणी अस्पताल पठाइएको प्रहरी निरिक्षक केसरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले वताए ।

हरपतगंजमा वृक्षाराेपण कार्यक्रम सम्पन्न

वीरगंज । सेवा समुह नेपालकाे आयाेजनामा शनिबार वीरगंज महानगरपालिकाकाे वडा नं २० हरपतगंजमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । हरपतगंजस्थित रामजानकी मन्दिर परिसर र पोखरीको वरिपरिमा दुई सय बिरुवा राेपिएकाे संस्थाका अध्यक्ष अंकित पुरीले जानकारी दिए ।  

गाउँलाई हरियो र वातावरणलाई स्वच्छ बनाउन उद्देश्यले वृक्षाराेपण कार्यक्रम गरिएकाे उनले वताए । अगामी दिनमा पनि यस्तै कार्यक्रम संस्थाले गर्दै जाने अध्यक्ष पुरीले वताए ।

सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक किसन कर्मचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे वृक्षाराेपण कार्यक्रममा सशस्त्र प्रहरी बल ड्राइपोर्टका प्रहरी निरीक्षक अरुण बस्नेत, इलाका प्रहरी कार्यालय सुगौली विर्ताका प्रहरी वरिष्ठ सहायक निरीक्षक बाबुराम कार्की, अरुण पुरी, सन्दिप पुरी, समीर अन्सारी, अमित सिंह, रमेश राम, मदन यादव, अंकित पुरी, सीकेन्द्र साह, सन्जित महतो, सागर पुरी, अमित यादव लगायतकाे सहभागिता रहेकाे थियो ।

हरिन्द्र नेतृत्वकाे समाजवादी विद्यार्थीकाे विस्तारित बैठक, ५१ सदस्यिय समिति विस्तार

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन पर्साको जिल्ला कार्य समिति विस्तार गरिएको छ ।

हरिन्द्र साहको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन पर्साको नयाँ कार्यसमिति विस्तार गरिएको हो । वीरगंजमा शनिबार सम्पन्न विस्तारित बैठकले साहको अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत विस्तार गरेको हो ।

समितिको उपाध्यक्षमा विवेकराज पटेल, दिपेन्द्र गुप्ता, अन्जना मल्लिक, सचिवमा आयुष यादव, सहसचिवमा दिपक कुमार पटेल लगायत रहेका छन् ।

विद्यार्थी युनियनको केन्द्रीय पदाधिकारी बैठकले गएको मंसिर २७ गते साहलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिँदै जिल्ला कार्य समिति विस्तार गर्न निर्देशन दिएको थियो । सोही बमोजिम शनिबार जिल्ला भरका विद्यार्थीको भेलाले सर्वसम्मत जिल्ला कार्यसमिति विस्तार गरिएकाे वताइएकाे छ ।्

शनिबार सम्पन्न विस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शसक्त बनाउन युवा विद्यार्थीको खाँचो रहेको भन्दै विधि विधानमा रहेर सबै हिँड्न जरुरी रहेको बताए ।

मेयर सिंहले पुनर्गठित विद्यार्थी युनियनले सबैलाई समेट्ने गरि काम गरेर देखाउन आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफ, पार्टीका वरिष्ठ नेता प्रेमबाबु पटेल, जिल्ला सचिव उमेशलाल सहनी, नगर अध्यक्ष इश्वर यादव, संघीय परिषद सदस्य शिवजी सोनी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।

एजाज नेतृत्वकाे समाजवादी विद्यार्थी युनियन पर्सा पुर्नगठन

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन पर्साकाे जिल्ला कार्यसमिति पुर्नगठन भएकाे छ ।

वीरगंजस्थित क्लासिक बयान्केट होटलमा भएकाे भेलाले एजाज बाबु रकीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति पुर्नगठन गठन भएको हाे ।

जुन समितिकाे उपाध्यक्षमा सागिर अलि, विशाल महतो, सचिवमा, अविद हुसैन, सहसचि‍व सागर राउत कोषाध्यक्षमा लक्ष्मी शाह सदस्यहरु दिल्खुश देवान, सन्दिप चौरसिया, राजकुमार साह, सागर साह लगायत चयन भएका छन् ।

अध्यक्ष रकीकाे अध्यक्षतामा भएकाे भेलामा जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, फिरोज मन्सुरी, प्रदेश सदस्य अर्द कमाल, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तब्रेज अहमद, सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल, वीरगंज १६ का निवर्तमान वडाध्यक्ष श्याम बाबु चौरसिया, वडाध्यक्ष पशुराम चौरसिया, केन्द्रिय कमिटी विद्यार्थीका उपअध्यक्ष आमोद यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजमा भोजपुरी सिने अवार्ड सम्पन्न

वीरगंज । नेपालमै पहिलो पटक वीरगंजमा भोजपुरी सिने अवार्ड सम्पन्न भएको छ । लायन्स क्लबले स्वर्ण जयन्तीको अवसरमा नमस्ते नेपाल इन्टरटेन्मेन्टसँगको सहकार्यमा भोजपुरी सिने अवार्डको आयोजना गरेको हो । 

वीरगंजकाे नगर सभा गृहमा सम्पन्न समारोहबाट सर्वोत्कृष्ट भोजपुरी नायक (बेस्ट भोजपुरी एक्टर)को अवार्ड प्रदेशी साहले पाएका छन् । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नायक साहलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

यस्तै सर्वोत्कृष्ट नायिकाको अवार्ड सुष्मा अधिकारीले पाइन् भने सर्वोत्कृष्ट नवोदित नायकको अवार्ड जितेन्द्र पटेल र सर्वोत्कृष्ट नवोदित नायिकाको अवार्ड एलिना बास्कोटाले पाइन् । सर्वोत्कृष्ट खलनायकको अवार्ड घनश्याम गिरी, सर्वोत्कृष्ट निर्देशकको अवार्ड रमन बस्नेत, सर्वोत्कृष्ट गायकको अवार्ड सुनिल पडित, सर्वाेत्कृष्ट गायिकाको अवार्ड प्रसना पाण्डे, सर्वोत्कृष्ट निर्माताको अवार्ड सुरेन्द्रलाल प्रधान, सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड राम रिमाललाई प्रदान गरिएको छ । 

सर्वाेत्कृष्ट सर्जकको अवार्ड सुरेश सावरिया, सर्वाेत्कृष्ट मेलोडी गीतकारको अवार्ड मनोज अकेला, सर्वाेत्कृष्ट मेलोडी गायकमा मुकेश पाण्डे, सर्वाेत्कृष्ट निर्माता सुरेन्द्रलाल प्रधान, सर्वाेत्कृष्ट प्रोडक्सन हाउस शिवम आर फिल्मस्ले अवार्ड पाएका छन् । 

समारोहमा भोजपुरी सिनेमा क्षेत्रका विभिन्न २५ विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहसंगै नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नेपाली सिनेस्टार भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह, निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक उज्वल घिमिरे लगायतले भोजपुरी सिने क्षेत्रका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।

लायन्स क्लब अफ वीरगंजले नेपालीसँगै भोजपुरी चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भोजपुरी सिने अवार्ड आयोजना गरेको लायन्स क्लब अफ वीरगंज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले बताए । कार्यक्रमको सहजीकरण विवेक खतिवडा र निलिमा पौडेलले गरेका थिए । 

भोजपुरी सिने अवार्ड भनिएपनि भोजपुरी भाषा र भोजपुरी संस्कृति तथा कलाको प्रस्तुती नभएको भन्दै एकथरीले विरोध पनि जनाएका छन् । भाेजपुर अवार्ड नाम दिइए पनि कार्यक्रम समेत भाेजपुरीमा संचालन नगरिएपछि समाजिक संजालमा विराेध भइरहेकाे छ ।

यसैगरी आफै आयोजक भएरपनि आफै अवार्ड लिएको भन्दै नमस्ते नेपाल इन्टरटेन्मेन्टका अध्यक्ष प्रदेशी साहको आलोचना भइरहेको छ । भोजपुरी कलाकार एवम् साहित्यकारहरुले पनि सामाजिक सञ्जालमार्फत यस कार्यक्रमको विरोध गरेका छन् । 

यद्यपी चलचित्र विकास बोर्डमा सेन्सर पास भएका र दर्ता भएका भोजपुरी सिनेमामा काम गरेका कलाकारलाई मात्रै यस अवार्डमा समावेश गराएको भन्दै प्रदेशी साहले प्रतिक्रिया दिएका छन् । साथै कार्यक्रममा यहाँका सम्पूर्ण कलचर समेटन प्रयास गरिएकाे उनकाे भनाई छ । 

प्रेस चौतारी पर्साको अध्यक्ष भण्डारी चयन

वीरगंज । नेकपा एमाले निकटका पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपाल पर्साको अध्यक्षमा तुलसी भण्डारी (विजय) सर्वसम्मत चयन भएका छन् ।

वीरगंजमा शुक्रवार सम्पन्न प्रेस चौतारी पर्सा शाखाको विशेष अधिवेशनले भण्डारीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका भण्डारी राजधानी दैनिकमा कार्यरत छन् । उनी यस अघि प्रेस चाैतारी पर्साका उपाध्यक्ष थिए ।

यसै गरी अधिवेशनबाट प्रेस चौतारी पर्साको उपाध्यक्षमा राजेन्द्र सिंह, उपाध्यक्ष (महिला) मा निलम पन्त, सचिवमा राकेश कुमार साह, साह सचिवमा कृष्णा कुशवाहा, धनन्जय मिश्रा, कोषाध्यक्षमा सन्तोष पटेल पनि सर्वसम्मत चयन भएका छन् ।

चाैतारी पर्साकाे सदस्यमा राजन रौनियार, एस के चौरसिया, आरोहन साह, रश्मीराज भन्डारि, आनन्द पटेल, पन्नालाल साह, राजन कुमार सिंह, राजन कुमार बानिया, मुस्तुफा आलम, दिपेन्द्र कुमार साह, शोभा धमला, एन्जल चौधरी, कमला भन्डारी, नितेश कर्ण, कृष्ण कुमार श्रीवास्तव, अकलेश साह, सेख सज्जाद हुसेन, राजु साह, नवीन कर्कि, राम कुशवाहा, बलिराम यादव, उर्मिला सापकोटा चयन भएका हुन् ।

संविधान २०४७ लागु गर्न शान्तिपुर्ण आन्दोलन : नेपाली

वीरगंज । नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले संविधान २०४७ लागु गर्न हुने शान्तिपुर्ण आन्दोलनमा सहभागी हुन अहृवान गरेका छन् ।

स्व. राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित स्व. राजा विरेन्द्रको शालिक अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले यस्तो अहृवान गरेका हुन् ।

उनले शान्तिपुर्ण एवं अहिंसक आन्दोलनबाट संविधान २०७२ को विस्थापन र संविधान २०४७ को पुनः स्थापना हुनु पर्ने बताउँदै निकट भविष्यमै हुने आन्दोलनमा सम्पुर्ण नेपाली जनताका साथै नेपाली सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

उनले मेलमिलापको निति अनुरुप राजसंस्था र राजनितिक दलहरु मिल्नुको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान जरजर अवस्थाबाट निकासका लागी संविधान २०४७ अपरिहार्य भएको बताए ।

यही पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका संयोजक समेत रहेका नेपालीले तत्कालिन राजा विरेन्द्र र राजनितिक दलहरुले मिलेर बनाएको संविधान २०४७ पुनः स्थापित गर्नु छ र मुलुकलाई शान्ति क्षेत्र बनाउनु छ भने ।

त्यसै गरी कार्यक्रममा भुपु शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले पनि संविधान २०७२ को वहिर्गमन अनिवार्य भएको बताए । उनले संविधान २०७२ को वहिर्गमन र संविधान २०४७ को पुनःस्थापनाको लागी हुने आन्दोलनमा सहभागी हुन सम्पुर्ण नेपाली जनतामा अहृवान गरे ।

वर्तमान संविधानले मुलुकको हित नहुने भएकाले आफु पनि संविधान २०४७ पुनःस्थापना हुनु पर्ने बाटो तर्फ अग्रसर भएको बताए ।

जेष्ठ नागरिक संघका संस्थापक एवं समाजसेवी पशुपति विक्रम शाहको सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले संचालन गरेका थिए ।

कार्यक्रममा पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका प्रचार विभाग प्रमुख मानव सेवक, राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नागरिक सरोकार मञ्चका नन्दकिशोर गोयल, नेपाल विद्वत परिषदका रामनारायण साह, राष्ट्रिय नागरिक संघर्ष समिति सत्तार अन्सारी, विरेन्द्र थापा, अनु राणा, असर्फि साह, विश्व हिन्दु महासंघका पृथ्वी झा, अजय साह लगायतको सहभागिता रहेको थियो ।