Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

इनर्वामा ५ दर्जन भन्दा बढीले गरे जनमत पार्टी प्रवेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर -१६ इनर्वामा जनमत पार्टीकाे भेटघाट, दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा स्थानीय अगुवाहरु संजय महतो, लक्षमण यादव, जितेन्द्र राम, किशोरी दास, जगरु मलि, सोनि दास, शैल देवी दास लगायत ६७ जना स्थानीय महिला /पुरुषहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा आबद्ध भएका हुन् ।

 कार्यक्रमलाई सम्बाेधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष एवं केन्द्रिय सदस्य ओमप्रकाश सरार्फले अबको विकल्प जनमत पार्टी मात्रै भएको वताए । उनले सबैखाले विभेद अन्त्य र देश, मधेसको समृद्धिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे ।

दलित जनमत संघका जिल्ला अध्यक्ष नरेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, अनिता रौनियार, श्याम गुप्ता, श्याम चौरसिया, नेताहरु रम्भा मिश्रा, शिवजी यादव, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव सहनवाज राकी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, युवा नेताहरू लगायतको उपस्थिती रहेको थियो ।

नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष सरार्फ लगायतका नेताहरुले अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...