Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पाेखरिया नगरपालिकामा दुई दिन सार्वजनिक विदा

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकाले पनि गढीमाई मेलाकाे अवसरमा दुई दिन सार्वजनिक विदा दिएकाे छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले विहिबार एक सूचना जारी गर्दै विश्व र एसिया महादेशको ठूलो मेला बारा जिल्लाको महागढीमाई नगरपालिका स्थित बरियारपुरमा प्रत्येक ५ बर्षमा १ पटक १ महिनासम्म लाग्ने प्रसिद्ध गढीमाई मेला २०८१ को अवसरमा यही मंसिर २४ र २५ गते सार्वजनिक विदा दिइएकाे जानकारी गराएका हुन् ।

पोखरिया नगरपालिकाको मिति २०८१/०८/२० गतेको निर्णयानुसार प्रसिद्ध गढीमाई मेला २०८१ को अवसरमा अत्ति आवश्यक सेवा वाहेक यस नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएकाे उल्लेख छ ।

यसैगरी मधेश प्रदेश सरकारले पनि गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबारका दिन सार्वजनिक बिदा दिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...