Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत घरदैलाे

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत विहिबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ मा रहेका श्री दुर्गा माता समुदाय सिकाई केन्द्रले घरदैलाे कार्यक्रम गरेकाे छ । 

“हामी सबैकाे प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यवद्धता” काे नारा सहित वीरगंज महानगरपालिका वडा नम्बर १४ काे कार्यालयकाकाे समन्वयमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । वडा कार्यालयबाट सुरु भएकाे घरदैलाे वडा नम्बर १४ का विभिन्न टोलहरुकाे घरघरमा पुगेर १६ दिने लैङ्गिक अभियान विरुद्धका जनचेताना फैलाइएकाे श्री दुर्गा माता सामुदायिक सिकाई केन्द्रका परिचालिका रन्जु कुमारी पटेलले जानकारी गराइन ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपेश कुमार शाहका अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष महबुब एलाहि, वडा सदस्य कान्ति देवि, वडा सचिव राजेश डंगोल, स्वास्थ्य चौकीका कर्मचारी मनोज कुशवाहा, चन्द्ररेखा चौधरी, पार्वती लामिछाने, रन्जु ठाकुर, विजय शाह, उपेन्द्र ठाकुर, राहुल कुमार शाह लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...