Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

बालविवाह न्यूनिकरणका लागि पहल गरिदिन आग्रह गर्दै सिडिओ अर्याललाई ज्ञापन

spot_img
spot_img

वीरगंज । जवाफदेहिताका लागी नागरिक अभियान मधेश प्रदेशका टोलीले साेमबार पर्साको प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे एक टाेलीले बालविवाह न्यूनिकरणका लागि पहल गरिदिन आग्रह गर्दै अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएको हाे । 

अभियानका अगुवा साजिर मंसुर सहितको एक दर्जन भन्दा बढीको संख्यामा रहेको समाजिक कार्यकर्ताहरुकाे टोलीले बुझाएकाे ज्ञापन पत्रमा नेपालमा बालविवाहको स्थिती र त्यसले निम्तयाएका समाजिक, आर्थिक तथा किशोर किशोरीहरुको स्वास्थ्यमा पार्ने प्रभाव चिन्ताजनक रहेको विषय ज्ञापनपत्रमा उल्लेख छ ।

बिभिन्न सामाचार माध्यममा निरन्तर आईरहने सामाचार नेपाल सरकार र बिभिन्न संघसंस्थाको निरन्तर पहलका बावजुद जिल्लामा बालविवाहका घटना अझै पनि जारी रहेको कुरा पनि ज्ञापनपत्रमा उल्लेख गरिएकोछ । जिल्ला प्रशासन कार्यालयबाट पर्सा जिल्लामा बालविवाह र दाईजो प्रथा उन्मुलनको उदेश्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानिय पालिकाहरुको सहकार्यमा अभियान संचालन गरी बालविवाह गराए वापत हुने कानुनी सजाय समेतको जानकारी सम्मिलत जनचेतनामुलक कार्यक्रमका लागी पहल गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जवाफदेहिताका लागी नागरिक अभियान मधेश प्रदेशका टोलीले भोली मंगलबार बाराको प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानकी समन्वयकर्ता सलमा खातुनले बताइन । यो अभियान मधेश प्रदेशको ८ वटा जिल्लामा निरन्तर चल्ने एउटा ठोस निर्णय निस्कने समेत अभियानकी सदस्य खातुनले बताईन ।

अन्तरराष्ट्रिय दातृ संस्था यू.एस.एड.सी.एस.एम. र द एसिया फाउन्डेशनको सहयोगमा हाम्रो अभियान, पर्साद्वारा सञ्चालित ‘मिडिया फेलोसिप मार्फत महिला, युवा र सीमान्तकृत समुदायको सशक्तिकरण’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार, नागरिक अगुवा, सामाजिक अभियन्ता एवं अधिकारकर्मी सम्मिलित यस अभियानले महिला र अपांगमैत्री सरकारी कार्यालय, युवा र सीमान्तकृतका अधिकारको विषयमा वकालत गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...