Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

बालविवाह न्यूनिकरणका लागि पहल गरिदिन आग्रह गर्दै सिडिओ अर्याललाई ज्ञापन

वीरगंज । जवाफदेहिताका लागी नागरिक अभियान मधेश प्रदेशका टोलीले साेमबार पर्साको प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे एक टाेलीले बालविवाह न्यूनिकरणका लागि पहल गरिदिन आग्रह गर्दै अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएको हाे । 

- Advertisement -

अभियानका अगुवा साजिर मंसुर सहितको एक दर्जन भन्दा बढीको संख्यामा रहेको समाजिक कार्यकर्ताहरुकाे टोलीले बुझाएकाे ज्ञापन पत्रमा नेपालमा बालविवाहको स्थिती र त्यसले निम्तयाएका समाजिक, आर्थिक तथा किशोर किशोरीहरुको स्वास्थ्यमा पार्ने प्रभाव चिन्ताजनक रहेको विषय ज्ञापनपत्रमा उल्लेख छ ।

बिभिन्न सामाचार माध्यममा निरन्तर आईरहने सामाचार नेपाल सरकार र बिभिन्न संघसंस्थाको निरन्तर पहलका बावजुद जिल्लामा बालविवाहका घटना अझै पनि जारी रहेको कुरा पनि ज्ञापनपत्रमा उल्लेख गरिएकोछ । जिल्ला प्रशासन कार्यालयबाट पर्सा जिल्लामा बालविवाह र दाईजो प्रथा उन्मुलनको उदेश्यले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानिय पालिकाहरुको सहकार्यमा अभियान संचालन गरी बालविवाह गराए वापत हुने कानुनी सजाय समेतको जानकारी सम्मिलत जनचेतनामुलक कार्यक्रमका लागी पहल गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जवाफदेहिताका लागी नागरिक अभियान मधेश प्रदेशका टोलीले भोली मंगलबार बाराको प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानकी समन्वयकर्ता सलमा खातुनले बताइन । यो अभियान मधेश प्रदेशको ८ वटा जिल्लामा निरन्तर चल्ने एउटा ठोस निर्णय निस्कने समेत अभियानकी सदस्य खातुनले बताईन ।

अन्तरराष्ट्रिय दातृ संस्था यू.एस.एड.सी.एस.एम. र द एसिया फाउन्डेशनको सहयोगमा हाम्रो अभियान, पर्साद्वारा सञ्चालित ‘मिडिया फेलोसिप मार्फत महिला, युवा र सीमान्तकृत समुदायको सशक्तिकरण’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार, नागरिक अगुवा, सामाजिक अभियन्ता एवं अधिकारकर्मी सम्मिलित यस अभियानले महिला र अपांगमैत्री सरकारी कार्यालय, युवा र सीमान्तकृतका अधिकारको विषयमा वकालत गर्दै आएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...