Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

स्वार्गिय नरेश सर्राफको दोस्रो स्मृति सभा एवं पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । स्वार्गिय नरेश सर्राफको दोस्रो स्मृति सभा एवं पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आइतबार वीरगंजमा सम्पन्न भएको छ । समाजवादी प्रेस संगठन पर्साको आयोजनामा भएको कार्यक्रममा संगठनले स्थापना गरेकाे स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई प्रदान गरिएकाे थियाे ।

कार्यक्रमका प्रमुख अथिती पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मान पत्र तथा पुरस्कार राशी रु २१ हजारको चेक सहित सम्मानित गर्नु भएको थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारलाई सहि बिषय उठान गर्दा अनेकन किसिमका समस्या सृजना हुने भएपनि पत्रकारले निर्धक्क भएर कलम चलाउने पर्ने वताए । उनले पत्रकारिता क्षेत्रमा निकै चुनौती रहेको चर्चा गर्दै कसैले पत्रकारको कलमलाई रोक्ने प्रयास ग¥र्यो भने त्यो निकुशता हुने बताए ।

पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरु सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरुत्साहित बनाउन चालिएका कदमहरुले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरु आएको भन्दै आन्तरिक समस्याहरु भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए 

समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार स्व. नरेश सर्राफको निधनले सिंगो प्रेस जगतमा ठूलो क्षती पुगेको बताए । नेपाल पत्रकार महासंघको आउँदो निर्वाचनको सन्दर्भमा बोल्दै अध्यक्ष सुवेदी सहमतीको माध्यले साझा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए ।

उनले सबैभन्दा ठूलो संगठन हुनुका नाताले नेपाल प्रेस युनियनले महासंघको आगामी नेतृत्व लिनुपर्ने धारणा राखे ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र साह, रामचन्द्र प्यासी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस सेण्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे, पर्साका अध्यक्ष दिपक गौतम, लगायतले मन्तव्य गर्नु भएको थियो ।

रेडियो वीरगंज परिसरमा भएको कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन नेपाल पर्साका सह–सचिव श्याम सर्राफले गरेका थिए । समाजवादी प्रेस संगठन नेपाल, पर्सा र नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफकाे ३८ बर्षकाे उमेरमा २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...