Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ बाराकाे कार्यालयमा पुन: तालाबन्दी

spot_img
spot_img

वीरगंज । पत्रकार महासंघकाे सदस्यताको बिषयलाई लिएर पुन: नेपाल पत्रकार महासंघ बारामा तालाबन्दी भएको छ । समाजवादी प्रेस संगठन नेपाल बाराले महासंघ बाराकाे कार्यालयमा तालाबन्दी गरेको हो ।

संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ताको नेतृत्वमा गएको टोलीले महासंघमा तालाबन्दी गरेको हुन् ।नेपाल पत्रकार महासंघको सदस्यताका लागि केही गैर पत्रकारलाई सिफारिस गरिएकोले आरोप लगाउँदै संगठनले महासंघमा अनिश्चितकालकालागी तालाबन्दी गरिएकाे संगठनका केन्द्रिय सदस्य सुवेदीले जानकारी दिए ।

आफुलाई ठूलो भन्ने मुख्य तीन संगठनले र महासंघको नेतृत्वले भागबन्डाका नाममा क्रियाशील पत्रकारको सदस्यता सिफारिस नगरेर महासंघको विधान विपरीत केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले आफुहरु महासंघमा तालाबन्दी गर्नु परेको केन्द्रिय सदस्य रमेश सुवेदीले बताए ।

भागबन्डाको नाममा आफ्ना खल्तीका मान्छे र दलका कार्यकर्तालाई महासंघको सदस्यता दिन खोजिएकोले आफुहरु तालाबन्दी गर्नु परेको संगठनका जिल्ला सचिव नरेश गुप्ताले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...