Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

जगरनाथपुरमा स्वास्थ्य स्वयम् सेविका दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा विहिबार २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाले एक कार्यक्रमकाे आयाेजना गरेर स्वयम् सेविका दिवस मनाएकाे हाे ।

गाउँपालिका कार्यालय जगरनाथपुरकाे सभा हलमा भएकाे कार्यक्रममा राम्राे काम गर्ने उत्कृष्ट ६ जना स्वयम् सेविकाहरुलाई सम्मान समेत गरिएकाे थियाे । साथै गाउँपालिकाकाे विभिन्न वडाहरुमा कार्यरत ५६ जना स्वयम् सेविकाहरुलाई बैज्ञ, छाता, टर्च, कैची लगायतकाे सामग्री समेत वितरण गरिएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, स्वास्थ्य चाैकीका प्रमुखहरु देबेन्द्र साह, बिरेन्द्र साह, ओमप्रकाश कुशवाहा, चन्द्रमाेहन मिश्रा, पप्पु कुमार राैनियार, अशाेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

“ विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता ” भन्ने नारा सहित देशभरी यस बर्ष स्वास्थ्य स्वयम् सेविका दिवस मनाइएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...