Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

एकीकृत समाजवादीका अध्यक्ष नेपाल वीरगंजमा

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वीरगंज आइपुगेका छन् ।

पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल पर्साले गर्न लागेको स्व.नरेश सर्राफ स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागि हुन अध्यक्ष नेपाल वीरगंज आइपुगेका हुन् । आइतबार हुन लागेको स्मृति सभामा सहभागि हुन शनिबार वीरगंज आइपुगेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई पार्टीका नेताहरुले बाराको सिमरा विमानस्थलमा स्वागत गरेका थिए ।

नेता नेपाललाई पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, वीरगंज महानगर अध्यक्ष तथा केन्द्रीय सदस्य मनोज चौधरी, पार्टी पर्साका उपाध्यक्ष गंगा खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, संगठनका जिल्ला अध्यक्ष शम्भु सुमन, कोषाध्यक्ष सन्तोष साहलगायत नेता तथा कार्यक्रर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

आइतबार बिहान ८ बजे हुने कार्यक्रममा स्व.सर्राफ प्रति श्रद्धाञ्जलि अर्पण र पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई प्रदान गरिनेछ । संगठन पर्साले यसअघि नै २१ हजार राशीको पुरस्कार पत्रकार पटेललाई प्रदान गर्ने घोषणा गरिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...