Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगञ्जका विद्यालयमा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सुरु

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा, र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । युवा संस्थाद्वारा वीरगञ्जमा पछिल्लो चार वर्षदेखि सञ्चालित युथ एक्सेस परियोजनाअन्र्तगत अभिमुखीकरण सुरु गरिएको हो । परियोजनाअन्तर्गत पहिलो दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

कार्यक्रममा युवाका युथ च्याम्पियनहरू सुस्मिता चालिसे, रुची पटेल, अंगिकृत कर्ण, नवसिन तनविर मिकरानी, अफ्ताब आलम, सुजित गुप्ता, मुसाफिर गद्दी, पवन कुमार साह, प्रिन्स कुमार साह, र राजन झालगायतको सहभागिता रहेको थियो । युथ च्याम्पियनहरूले विद्यार्थीहरूलाई लिंग र लैंगिकताको भिन्नता, लिंगका प्रकार, प्रजनन स्वास्थ्य, महिनावारी सुरक्षालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रतिनिधि राज महतो र युवाका वीरगञ्ज संयोजक आशु सर्राफको उपस्थिति रहेको थियो । सर्राफका अनुसार युथ एक्सेस परियोजना अन्तर्गत हरेक वर्ष १० जना युथ च्याम्पियनहरू चयन गरिन्छ । तिनीहरूलाई विशेष तालिम दिएर विद्यालयस्तरमा यौनिकता र स्वास्थ्यससँगै सुरक्षित गर्भपतन सम्बन्धी चेतना फैलाउने काम गरिँदै आएको छ ।

विगत चार वर्षदेखि वीरगञ्जमा सञ्चालित युथ एक्सेस परियोजनाले सुरक्षित गर्भपतन र यौनिकतासम्बन्धी जानकारी अभिवृद्धि गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्यले काम गरिरहेको छ । परियोजनाका माध्यमबाट विद्यार्थीहरूमा यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाइ विस्तार हुने र यसले उनीहरूको स्वस्थ भविष्य निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...