Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जनमत पार्टी पर्साले राष्ट्रिय धोती दिवस मनाउने

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साले वीरगंजमा राष्ट्रिय धोती दिवस मनाउने भएको छ । अंग्रेजी नयाँ वर्षको दिन (जनवरी १ तारिक) अर्थात पुस १७ गतेका दिन जनमत पार्टीले काठमाडौंसहित विभिन्न जिल्लामा राष्ट्रिय धोती दिवस मनाउने निर्णय गरेकाे छ ।

त्यहि निर्णय अनुसार, वीरगंज पनि जनवरी १ तारिक अर्थात पुस १७ गते बुधबारका दिन राष्ट्रिय धोती दिवस मनाउन लागिएको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए । पुस १७ गते बुधबारका दिन वीरगंजकाे घण्टाघर चोकमा बिहान ८ बजे आयोजना गर्न लागिएको राष्ट्रिय धोती दिवस कार्यक्रममा सहभागी हुन सबैमा अपिल पनि उनले गरेका छन् ।

मधेस र मधेसीको पहिचानको संरक्षण तथा जगेर्नाका साथै देश–विदेशमा मधेसी पोशाकको प्रचारप्रसारका लागि अंग्रेजी नयाँ वर्षको दिन राष्ट्रिय धोती दिवस मनाउन लागिएकाले आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर उक्त कार्यक्रममा बढीभन्दा बढी संख्यामा सहभागी भइदिन उनले आह्वान गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...