Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

चिनियाँ प्रतिनिधि मण्डललाई जिराभवानीमा स्वागत

spot_img
spot_img

ओमप्रकाश चाैधरी /
सेढवा ।
चिनियाँ प्रतिनिधि मण्डलकाे परियोजना निरिक्षण भ्रमण टाेलीलाई गादीमाई वन व्यवस्थापन समितिले साेमबार स्वागत गरेकाे छ । पर्साको जिराभवानी गाउँपालिकापालि वडा नं २ मा रहेको सब डिभिजन बन कार्यालय बसन्त पुरमा पुगेकाे टाेलीलाई एक कार्यक्रमकाे बिच स्वागत गरिएकाे हाे ।

चिनियाँ टोलीले जङ्गलको सिमासंग जोडिएका गाउॅबस्तिहरुमा स्थानीयहरुलाई लभान्बित हुने कार्यक्रम संचालन गर्ने बताएका छन् । जङ्गल सिमामा प्राङ्गरिक मल बनाउने उद्योग संचालन गर्न चिनियाँ प्राबिधिक टोली पठाउने सो टोलीले जनाएका छन । सो उद्योगका लागि आवश्यक कच्चा पदार्थ पराल, खरानी, गोबर, पात पतिङगर स्थानीयहरुबाट नै खरिद गर्ने टोलीले जनाएकाे हाे । उद्योग संचालन भए पछि स्थानीयले रोजगार पाउनुको साथै अन्न बालिको उत्पादन पनि बढने बताएकाे छ ।  

गादिमाइ साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष सहरुम राउत गद्दीको सभापतित्वमा भएकाे कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डल परियोजनाका प्रमुख हनुसान लियाङ, लगानी टोलीका प्रतिनिधि नबिन दुवाडि, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, जिराभवानि गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, सब डिभिजन बन कार्यालय बसन्तपुरका सहायक बन अधिकृत रघुनाथ दास, गादिमाइ साझेदारी बन व्यवस्थापन समुहका प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...

धोबीनी गाउँपालिकाको ३१ करोड ७ लाखकाे बजेट सार्वजनिक

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित वार्षिक बजेटसहित नीति तथा...

पर्साका प्रहरी प्रवक्ता डीएसपी बस्नेतको मानव बेचबिखन ब्युरोमा काज सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतको काज सरुवा भएको छ । उनी जिल्ला...