Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पूर्व युवराज पारस साहको जन्माेत्सव वीरगंजमा मनाइयाे

spot_img
spot_img

बिकेश प्रसाद यादव /
वीरगंज ।
पूर्व युवराज पारस साह ५५ औं जन्माेत्सव साेमबार वीरगंजमा मनाइएकाे छ । देश भक्त राज भक्तले वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरेर पूर्व युवराज साहकाे जन्माेत्सव मनाएकाे हाे ।

देश भक्त राज भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद राैनियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा देश भक्त राज भक्तका उपाध्यक्ष शतीश कुमार श्रीवास्तव, अब्दुल सतार अंसारी, रामनारायण प्रसाद साह, पशुपति बिक्रम साह, उषा साह, बिरेन्द्र थापा, अंजु राणा, महेन्द्र प्रसाद साह, कमल प्रसाद घिमिरे, ध्रुव सिंह ठकुरी, पृथ्वी झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगंजले पनि पूर्व युवराज पारस शाहकाे जन्मोत्सव मनाएको छ ।

वीरगंजस्थित घण्टाघर चोकमा एक कार्यक्रमकाे आयाेजना गरि पूर्वयुवराज शाहको तस्बिरमा माल्यार्पण गरी संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह तथा संघका पदाधिकारीहरु जन्मोत्सवको अवसरमा शु स्वास्थ्य दीर्घायुको कामना गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...