Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 363

रास्वपाका वीरगंज महानगर भेला स्थगित, सभापतिका लागि पांच आकांक्षी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगंज महानगर भेला शनिबार हुन सकेन ।  शनिबार वीरगंजस्थित होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगंज भेला केन्द्रिय नेताकाे निर्देशनमा स्थगित गरिएको रास्वपा पर्साका संयाेजक दिलिप कुर्मीले जानकारी दिए । उनले शुक्रबार राति नै भेला स्थगित भएकाे वताए ।

भेला स्थगित बारे रास्वपाका सह महामन्त्री कबिन्द्र बुढाथाेकीले आफ्नाे फेसबुक मार्फत भेला स्थगितकाे सूचना लेखेका थिए । उनले रास्वपा वीरगंज महानगरपालिका भेला आयोजक समितिबाट पौष २८ गतेको भेला आयोजनाको तयारीका क्रममा काम हुँदै गर्दा आचारसंहिता विपरित गएर केहि ब्यक्तिहरुबाट काममा बाधा ल्याउने र विथोल्ने कार्य भएकोले र यस सम्बन्धि छानविन गरी पार्टीहीतका लागि काम गर्न केही समय लाग्ने भएकोले अर्को मिति तय नहुन्जेल सम्मको लागि वीरगंज महानगरपालिका भेला स्थगित गरिएको लेखेका छन् ।
 

उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम थियाे । भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि अन्तिम समयमा आएर विवादका कारण स्थगित भएकाे बुझिएकाे छ ।

पार्टीकाे वीरगंज महानगर समिति चयन गर्न भेला आयाेजना गरिएकाे थियाे । जस अन्तर्गत वीरगंज महानगरकाे सभापति पदका लागि ५ जना, उप सभापतिका लागि २ जना, सचिवका लागि ३ जना, काेषाध्यक्षका लागि २ जना र सदस्यहरुमा ८ जनाले उम्मेदवारी दिएका थिए ।

सभापति पदका लागि हरि पन्त भनिने बुद्धि प्रसाद पन्त, महादेव प्रसाद कुर्मी, आन्नद प्रसाद कानु, राज कुमार मिश्रा र दिपेन्द्र साह उम्मेदवार थिए । उम्मेदवार मध्येका हरि पन्त र महादेव कुर्मी पक्षकाे विवावदका कारण भेला हुन नसकेकाे बुझिएकाे छ ।

हरि पन्त हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हुन् । उनलाई नै वीरगंज महानगरकाे अध्यक्ष बनाउन पार्टीकाे संस्थापन पक्ष भनिनेहरुले पार्टीकाे विधि विधानलाई मिचेर धाधली गर्न खाेजेकाेले विवाद हुँदा भेला स्थगित भएकाे अर्का सभापतिका प्रतिस्पर्धी कुर्मी पक्षकाे भनाई छ । सभापतिका आकांक्षी कुर्मीले शुक्रबार राति पनि भेलाकाे एक भिडियाे मार्फत विराेध जनाएका थिए ।  

महानगर उप सभापतिकाे लागि नारायण कुमार यादव, शाेभा गुप्ता, सचिवकाे लागि महमद महमुदिन आलम, राज नन्दन प्रसाद, काेषाध्यक्षकाे लागि आर्य शशिकला र प्रकाश कुमार साह उम्मेदवार थिए ।  

यसैगरी सदस्यकाे लागि सरस्वती तामाङ, नन्दन साह राैनियार, आशिक थापा, मनिष कुमार व्याहुत, नविन कुमार शरण साेनार, चिन्ता देवी, दिपेन्द्र गिरी र राजेन्द्र महताेले उम्मेदवारी दिएका थिए ।

भेलामा सहभागि हुन रास्वपाका सह महामन्त्री बुढाथाेकी, मधेश प्रदेश अध्यक्ष तापेश्वर यादव, प्रदेश महाम्नत्री मनिष साह लगायतका नेताहरु वीरगंज पुगेका थिए ।

इप्रका पटेर्वा सुगाैली मातहतका प्रहरीद्वारा पैदल गस्ती

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैली मातहतका प्रहरीले पैदल गस्ती थालेका छन् । “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी “को उदेश्य अनुरुप शुक्रबारदेखि जिराभवानी गाउँपालिकाकाे सेढवाबाट पैदल गस्ती थालिएकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले वताए ।

प्रहरी निरिक्षक केशरीका अनुसार प्रहरी बरिष्ट हवल्दार राजनेत प्रसाद यादवको कमाण्डमा ७ जनाको पैदल गस्ती टोलीले इलाका प्रहरी कार्यालय सेढ्वाबाट शुरु गरि सेढ्वा, जगतीया, बलुवा, पकरी टोल, महादेवपट्टी, पिडारीगुठी हुँदै स्थानिय टोल टोल घुम्दै सुरक्षा अवस्था, चुनौती, समस्या पहिचान गर्दै बेलुकाकाे बसाई प्रहरी चाैकी पाण्डेपुरमा बसेका थिए ।

त्यसपछि पुन: शनिबार बिहान ०७:०० बजेदेखि पाँडेपुर, जमुनिया, खिलचरी, जग्गरनाथपुर, सुपौली, मोडटोला, शन्करशरैया, सखुवनिया, हरैया, सहजानपुर, नवकाटोला हुँदै बेलुका ५ बजे पुन: ईलाका प्रहरी कार्यालय सेढ्वा पर्सामा पुगी गस्ती अवधी भरको नागरीकको सल्लाह, सुझाव, सुरक्षा सम्बन्धी चुनौती र समस्याबारे जानकरी गाराएको प्रहरी निरिक्षक केशरीले जानकारी दिए ।

रास्वपाकाे वीरगंज महानगर कमिटी गठनमा गुटगत राजनीति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन क्षेत्र नम्बर ४ पर्साले शनिबार हुने वीरगंज महानगरपालिका स्तरीय भेलामा भेदभाव हुने गरेको आरोप लगाएको छ ।

पर्सा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रले शुक्रबा एक विज्ञप्ती जारि गर्दै महानगरपालिका गठन हुने कमिटीमा पार्टीका एक तहले आफ्ना गुटगत र आफ्ना व्यक्तिहरूलाई निर्वाचन वा सहमति मार्फत पदमा ल्याउन लागिपरेकाे आराेप लगाएका हुन् |

सभापति मिश्रका अनुसार उनकै पार्टीका एक तहले रास्वपामा गुट गुटको राजनीति गरिरहेको छ । पार्टिको बिधान अनुसार चुनाव बा संगठन भेलाको बेला कुनै पनि जिम्मेवार ब्याक्तीले एउटा गुटको समर्थन गर्नु वा मत मागनु पर्टिको विधि बिधान बिपरित रहेको छ । तर त्यस्ताे गतिविधि पार्टीका जिम्मेवार व्यक्तिबाट नै देखिएकाे छ ।

आफ्नो समस्याहरुको बारेमा केन्द्रिय तहका नेता लगायतका जिम्मेवार ब्यक्तिहरुलाई जनाए पनि चासो नलिएकोले यसले गर्दा पर्टिको मुल उद्देश्य मिसन ८४ अन्याेगलमा पर्ने मिश्रले बताएका छ्न । साथै गुट उपगुटको राजनीति आफुहरुलाई मान्य नरहेको उनले जारी गरेको बिज्ञपतिमा उल्लेख गरिएको छ ।

गृह लक्ष्मी बचतकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

अवैध बालुवा उत्खनन् गर्ने ट्याक्टर पक्राउ

वीरगंज । खाेलाबाट अवैध बालुवा गिटी उत्खनन् गरि ओसार पसार गर्ने तिन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

प्रहरी चाैकी मिलन चाैक र नेपाली सेनाकाे संयुक्त गस्ती टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ स्थित भेडहा खाेलाबाट अवैध बालुवा गिटी उत्खनन् गर्ने तिन वटा ट्याक्टर शुक्रबार विहान ८:३० बजे नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिए ।

उनका अनुसार ना ५ त ७०५७, प्र २-०३-००१ त १६३७ नम्बर र एउटा वन ट्यास्ट ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे हाे । तिन वटै ट्याक्टर प्रहरी चाैकी मिलन चाैकमा राखिए छ ।

प्रहरी चाैकी मिलन चाैकबाट दुई किलाेमिटर उत्तर दिशामा रहेकाे खेलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

ब्लु ह्याबन स्कुलकाे बार्षिकाेत्सवमा विज्ञान प्रदर्शनी सम्पन्न

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ स्थित लंगडीमा रहेकाे ब्लु ह्याबन एकेडमी स्कुलकाे ११ औं बार्षिकाेत्सवकाे अवसरमा शुक्रबार विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ ।

विद्यालय प्राङ्गणमै आयाेजित कार्यक्रमकाे उद्घाटन प्याबसन वीरगंजका अध्यक्ष आलाेक चाैरसियाले गरेका थिए । कार्य्रकमकाे उद्घाटन गर्दै अध्यक्ष चाैरसियाले पर्साकाे ग्रामिण भेगमा संचालित ब्लु ह्याबन स्कुल सहरका विद्यालयहरु भन्दा कमजाेर नभएकाे वताए ।

उनले भने “भाैतिक संरचनामा सहरका विद्यालयहरु भन्दा ब्लु ह्याबन कमजाेर हुन सक्छ तर आज गरिएकाे प्रदर्शनीमा गुणस्तरिय शिक्षामा कमजाेर देखिएन । ब्लु ह्याबन स्कुलकाे प्रयास सराहनिय छ । एस्ता अतिरिक्त क्रियाकलापहरु विद्यार्थीहरुलाई जरुरी छ ।”

अर्काे प्रसंगमा कुरा राख्दै अध्यक्ष चाैरसियाले स्थानिय तहकाे शिक्षा समितिमा संस्थागत विद्यालयहरुकाे तर्फबाट पनि प्रतिनिधित्व गराउनु पर्ने वताए ।

रेडियाे पाेखरियाका अध्यक्ष पत्रकार छठु साहले जिल्लाकाे ग्रामिण भेगमा समेत सहर जस्तै ब्लु ह्याबन स्कुल शिक्षा दिने सफल भएकाे वताए । उनले शान्त तथा अनुसाशित बतावरणमा विद्यालय शिक्षा दिइरहेकाे आजकाे प्रदर्शनीबाट देखिएकाे वताए ।

स्थानिय तहहरुले समेत यस्ता संस्थागत विद्यालयहरु संचालनमा सहयाेग गर्नु पर्ने वताए व्लु ह्याबनकाे प्रयास सराहनिय रहेकाे वताए ।

स्कुलका संचालक एवम् प्रिन्सपल सुदिल पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसी, प्याबसन वीरगंजका काेषाध्यक्ष सुरज पटेल, धाेबिनी गाउँपालिका ५ का वडाध्यक्ष मनाैवर अहमद, कालिकामाई गाउँपालिका १ का वडाध्यक्ष लालबाबु चाैरसिया, छिपहरमाई गाउँपालिका १ का वडाध्यक्ष कामेश्वर प्रसाद यादव, एमालेका सदाम हुसेन, माओवादी केन्द्रका संताेष पटेल, प्याबसन कालिकामाई गाउँपालिकाका अध्यक्ष जयप्रकाश चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन विद्यालयका शिक्षक आशाेक पटेलले गरेका थिए ।

कार्यक्रममा विद्यालयहरुले बनाएका  राेड सेफ्टी, रकेट, स्कलाभेटर, एटिएम मेसिन, ह्मा ब्लड सरकुलेशन, ज्वालामुखी, घर, मन्दिर, हिटर, क्रेन, साेलार सिस्टम, साेलार लगायतका यन्त्रहरु प्रदर्शनी गरिएकाे थियाे । साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

वीरगंज नाकामा भेटिन थाले कोभिडको नयाँ भेरीएन्टका सङ्क्रमित

वीरगंज । लामो समयपछि वीरगंज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् ।

नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई सङ्क्रमित फेला परेका हुन् । दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगंज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । 

सङ्क्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेको जानकारी उनले दिए । 

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङ जिल्ला घर भएका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए । उनी भारतको कलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए । 

यसअघि बुधवार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको थियो । कलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौँ घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको ठाकुरले बताए ।

बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगंजकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए । सङ्क्रमण पुष्टि भएका भारतीय युवकलाई भने सोही दिन भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए । 

सङ्क्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सीङको लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी पनि ठाकुरले दिए । वीरगंज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको सङ्क्रमण भेटिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.वानको सङ्क्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगंजमा निगरानी बढाइएको छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरदेखि नै वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुस महिना सुरु भएदेखि नै भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको हो । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगंज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् ।

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यस क्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन जाँच गरिन्छ । ठाकुरले भने, ‘भारतमा पुनः सङ्क्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौँ । तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ ।’

‘भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए । स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौँ,’ उनले थपे । तीन चारदिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिेजन जाँच गर्दै आएको पनि उनले बताए ।  

नाकाको हेल्थ डेस्कमा दुई जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारी पनि उनले गराए ।

पूर्व राजा ज्ञानेन्द्र माघ १३ गते वीरगंज आउने, नागरिक अभिन्नदन गर्ने तयारी

वीरगंज । पूर्व राजा ज्ञानेन्द्र साह माघ १३ गते वीरगंज आउने भएका छन् । श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवकाे स्वागत तथा नागरिक अभिनन्दन मूल समाराेह समितिले बिहिबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि पूर्व राजा ज्ञानेन्द्रकाे पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा हुने भ्रमणकाे बारेमा जानकारी गराएकाे हाे ।

पूर्व राजा साहकाे भ्रमणकाे क्रममा पर्सा, बारा, राैतहट र सर्लाहीमा धार्मीक तथा नागरीक अभिनन्दन पनि गरिने समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए । उनका अनुसार पूर्व राजा साह माघ १३ गते दिउसाे सिमरा हुँदै वीरगंजस्थित लाल बंगला आउने छन् । त्यँही उनलाई नागरिक अभिन्नदन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

त्यस अघि पूर्व राजा साहकाे माघ ४ गते बाराकाे महागढीमाई पुजा अर्चना गर्ने कार्यक्रम रहेकाे छ भने त्यसअघि पनि माघ २ गते राैतहटकाे शिवनगरस्थित शिवमन्दिर र त्यसअघि सर्लाहीकाे बरहथवा मुक्तेश्वर महादेवकाे पुजा अर्चना गर्ने कार्यक्रम रहेकाे महासचिव चन्दले वताए ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष, नेपाली काँग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीले २०७२ को संविधान अवैध रहेकाले त्यसको विस्थापन गरी राजा र राजनीतिक दलले निर्माण गरेको संविधान २०४७ लाई पुनरस्थापित गर्न अहिंसक आन्दोलनको विकल्प नरहेको बताए ।

नागरिक अभिनन्दन समारोह सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मन्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद, रा प्र पा नेपाल, नेपाल जनतापार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघ/संस्थाहरुका प्रतिनिधिहरु समितिका संयोजक तथा सदस्यहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

वीरगंज । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो ।

२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

बम्जनको घरमा भेटिएको ३ कराेड रुपैयाँ सार्वजनिक

वीरगंज । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । 

आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ ।  बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो ।

उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ ।

अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।