Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकारहरूको पेशागत सुरक्षाका लागि सरकार गम्भीर : मुख्यमन्त्री सिंह

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पत्रकारहरूको पेशागत सुरक्षा तथा मर्यादा बढाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश समितिको कार्यालय भवन निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा ८० लाख बजेट विनियोजन गर्नुका साथै पत्रकारहरूको पेशागत सुरक्षाका लागि ७ लाखको दुर्घटना तथा १ लाखको स्वास्थ्य बिमासहित उच्च शिक्षाका छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मधेश प्रदेश सरकारले मधेशी जनताको भावना अनुसार काम गरिरहेको बताउँदै मधेश प्रदेशमा १ पटक सवारी साधन दर्ता गरेपछि १५ वर्षसम्म कर नलाग्ने गरि विधेयक पारित गरिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघीय सांसद प्रभु हजरा, महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समितिका संयोजक केसी लामिछाने सहितका वक्ताहरूले मन्तव्य राखेका थिए ।

यस अघि महासङ्घका अध्यक्ष राजेश कुमार कर्णले नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाई पद हस्तान्तरण गरेका थिए । निर्वाचन समितिका संयोजक प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार रामभरत साहले सबै प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...