Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

वीरगंजबाट लागु औषध गाँजा सहित ट्रक र दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा बाेकेकाे ट्रक सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं.१८ भवानीपुर सिताराम चोक स्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डबाट ना.३ ख ४२१२ नम्बरको ट्रक र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएकाे हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे विशेष प्रहरी टाेलीले आईतबार राति ९:३० बजेको समयमा उक्त सडकखण्डमा परवानीपुरबाट ड्राइपोर्ट तर्फ आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा ट्रकमाथि हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको प्रतिपोका १० के.जी.का दरले १६ पोकामा १६० के.जी.लागु औषध गाँजा फेला परेकाे थियाे ।

 फेला परेकाे लागु औषध गाँजा र ट्रक सहित गाडीधनी समेत रहेका ट्रक चालक मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे वडा नं. ७ कमाने निवासी ४४ बर्षिय कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिकाकाे वडा नं. ३ निवासी २० बर्षिय राेनाल विश्वकर्मालाई नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता लम्सालले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...