Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

वीरगंजबाट लागु औषध गाँजा सहित ट्रक र दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा बाेकेकाे ट्रक सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं.१८ भवानीपुर सिताराम चोक स्थित प्लाष्टिक कारखाना अगाडि सडकखण्डबाट ना.३ ख ४२१२ नम्बरको ट्रक र चालकसहित दुई जनालाई नियन्त्रणमा लिएकाे हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे विशेष प्रहरी टाेलीले आईतबार राति ९:३० बजेको समयमा उक्त सडकखण्डमा परवानीपुरबाट ड्राइपोर्ट तर्फ आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा ट्रकमाथि हुटमा फल्स बनाई रातो प्लाष्टिकमा बेरी लुकाइ छिपाई राखिएको प्रतिपोका १० के.जी.का दरले १६ पोकामा १६० के.जी.लागु औषध गाँजा फेला परेकाे थियाे ।

 फेला परेकाे लागु औषध गाँजा र ट्रक सहित गाडीधनी समेत रहेका ट्रक चालक मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे वडा नं. ७ कमाने निवासी ४४ बर्षिय कृष्ण घलान र चितवन झुरझुरे राप्ती नगरपालिकाकाे वडा नं. ३ निवासी २० बर्षिय राेनाल विश्वकर्मालाई नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता लम्सालले वताए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...