Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्थाको पेनशन बञ्चित शिक्षकहरुद्वारा विरोध

spot_img
spot_img

वीरगंज । नेपाल सरकारले जारी गरेको अध्यादेशमा शिक्षकलाई योगदानमा आधारित निवृत्तभरण कोषमा सहभागी गराउने व्यवस्था खारेज गर्न माग गरेको छ । पेन्सन बञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाई पर्सामा ज्ञपनपत्र बुझाउँदै अध्यादेशमा गरिएको व्यावस्था विभेदकारी भएको भन्दै खारेजीको माग गरेको हो ।

सरकारले पुष २९ गते जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का केहि बुँदा स्वागत योग्य भएपनि योगदानमा आधारित निवृत्तिभरण कोष ऐनको परिच्छेद ४ को ९ (क) मा ( क१) थप गरी “शिक्षक सेवा’ भन्ने विषय थप गरेको र सो प्रावधानले २०७५/१२/०४ पछि नियुक्त शिक्षकहरुलाई भूतप्रभावी कानून लागू गर्ने अध्यादेश जारी गर्नु आफैमा गलत, अन्यायपूर्ण र घोर आपत्तिजनक रहेको संघर्ष समितिका जिल्ला सचिव विन्दुभूषण साहले बताए ।

सेवा अवधि अपुग भइ पेन्सनबाट बन्चित हुने (अस्थाई, राहत, करार) शिक्षकहरूको समेत नपुग सेवा अवधि गणना गरि पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था समेत लागु गर्न माग पनि गरेको छ । नयाँ संघीय शिक्षा ऐन जारी नहुँदाका बखतसम्म पुरानै निवृत्तिभरण प्रणाली लागू गर्न र नयाँ ऐन जारीपछि मात्र शिक्षकहरुका लागि योगदानमा आधारित निवृत्तिभरण कोष ऐन लागू गर्न माग गरेको छ ।

विद्यालय शिक्षा विधेयक २०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्श चरणमा छलफल भईरहेको अवस्थामा सम्बन्धित सरोकारवालाहरूसँग विना छलफल सरकारद्वारा अध्यादेश जारी गलत रहेको संघर्ष समितिका पर्सा जिल्ला संयोजक रामबालक प्रसाद यादवले बताए ।

विगतमा शिक्षकहरुको साझा छाता सङ्गठन नेपाल शिक्षक महासङ्घसंग भएका बिभिन्न सम्झौताहरु अक्षरश सम्बोधन हुनुपर्ने पेन्शन पञ्चित शिक्षकहरुको माग रहेको छ । उक्त प्रावधान खारेजी नभए सशक्त रुपमा आन्दोलनमा उत्रिने सम्पूर्ण पेन्शन बञ्चित पर्साका शिक्षकहरुले चेतावनी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...