Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सनलाइट क्याम्पसमा फूड फेस्टिभल सम्पन्न

spot_img
spot_img

दिपु बर्णवाल/
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा रहेको सनलाइट क्याम्पसमा बुधबार फुड फेस्टिभल सम्पन्न भएकाे छ । क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले आयाेजना गरेकाे फुड फेस्तिभल सम्पन्न भएकाे हाे ।

सनलाइट क्याम्पसका क्याम्पस प्रमुख डिके चौरसियाको अध्यक्षता भएकाे फुड फेस्टिभलकाे उद्घाटन प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रीवास्तवले विद्यार्थीहरुले आफ्नो प्रतिभालाई यसरी नै प्लेटफर्म अर्थात अवसर दिएर क्षमता देखाउने वताए ।

उनले निजी बिधालय तथा निजी कलेजहरुले गुणस्तरीय शिक्षा संगै ब्यवहारीक शिक्षाको अहिलेको आवश्यकता रहेकोले यस्ता कार्यक्रमहरु बेला बखत गर्नुपर्ने वताए ।

त्यसैगरी गौतम स्कुलका निर्देशक सोनाम लामाले विद्यार्थीहरुको प्रतिभा देखेर धेरै खुशी लागेको बताए । उनका अनुसार अब हरेक कलेज र विधालयहरुले बेलाबखत फुड फेस्तिभल गरेर विद्यार्थीहरुलाई यस्तो सुनौलो अवसर दिन सके उनीहरूको भबिष्य नेपालमा नै सुनिश्चित गर्न सक्ने बताए ।

सनलाइट कलेजकाे आयोजनामा भएकाे फुड फेस्टिभलमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न ३० परिकार भन्दा धेरै स्टलहरु राखेका थिए । स्टलहरुमा सेल रोटी, घोङी, पानी पुडी, कुखुराको रोस्त, चटपटे, अचार, चप लगायतका परिकार राखिएको थियो ।

कलेज परिसर मै भएकाे फुड फेस्टिभलमा क्यान महासंघ पर्साका अध्यक्ष मनिष सिंह, जीवन ज्योति स्कुलका निर्देशक शिवजी गुप्ता , गौतम स्कुलका निर्देशक सोनम लामा, ओम नेशनल एकेडेमीका प्रधानाध्यापक हरि श्याम ठाकुर, सनलाइट माविका प्रधानाध्यापक आलोक चौरसिया, पकाहाँ मैनपुर गाउँपालिकाका पुर्व अध्यक्ष बिजय चौरसिया, प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद , शिक्षक बलराम श्रेष्ठ लगायतलकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...