Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बहुदरमाईका शिक्षकहरु विद्यालय बन्द गरेर सिडिओलाई साँचाे बुझाए

spot_img
spot_img

वीरगंज । सात महिना सम्म तलब नपाएपछि पर्साको बहुदरमाई नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरेर प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन् ।

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका बहुदरमाईका २० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी लगायतले अर्याललाई साँचो हस्तान्तरण गरेका हुन् । ‘२०८१ श्रावणदेखिको हाम्रो तलब खोई ?, शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा गर’ लगायतका नारा लेखिएको प्लेकार्ड सहभागी शिक्षकहरुले बोकेका थिए । 

सात महिनासम्मको तलब नपाएपछि र पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाउनु परेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले बताए । उनले भने, ‘हामी शिक्षकहरु बालबालिकाप्रति अत्यन्तै संवेदनशिल छौ, विद्यालयको पढाई लेखाई रोक्ने पक्षमा हामी कहिले हुँदैनौ । तर विगत ७ महिनादेखि अहिलेसम्म तलब नपाएपछि हामी बाध्य भएका छौँ ।’ 

विद्यालयमा पठनपाठनका लागि तलबका अलावा परीक्षा सञ्चालनदेखि अन्य कार्यका लागि आवश्यक पर्ने रकम पनि निकासा नभएको अध्यक्ष यादवको भनाई छ । यति मात्रै नभएर नेपाल सरकारले अनिवार्य गरेको दिवा खाजाबाट पनि बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित भएका छन् । दशै, तिहार, छठ, माघे संक्रान्ति लगायतका पर्वहरुमा पनि तलब नपाएपछि अहिले शिक्षक कर्मचारीहरु आर्थिक रुपमा कमजोर बनेर मनोबल पनि कमजोर बनेको अध्यक्ष यादवले बताए ।  

विद्यालयका साँचो ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो अवस्था आउनु अत्यन्तै दुखद पक्ष भएको बताए । बहुदरमाई नगरपालिकामा पटकपटक पहल गर्दा पनि नतिजा नआउँदा अहिलेको अवस्था सृजना भएको उनको भनाई छ । तत्कालै तलब निकासाका लागि लिखित रुपमा मौखिक रुपमा पनि पटकपटक प्रयास गर्दा सफल हुन नसकेको अर्यालले बताए । उनले अझै पनि आफ्नो तर्फबाट हरसम्भव प्रयास गरीरहेको जानकारी दिए ।

साेही नगरपालिकाका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री र उनका स्वकिय सचिव हुँदा समेत त्यहाँकाे समस्या समाधान हुन सकेकाे छैन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...