Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बहुदरमाईका शिक्षकहरु विद्यालय बन्द गरेर सिडिओलाई साँचाे बुझाए

spot_img
spot_img

वीरगंज । सात महिना सम्म तलब नपाएपछि पर्साको बहुदरमाई नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरेर प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन् ।

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका बहुदरमाईका २० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी लगायतले अर्याललाई साँचो हस्तान्तरण गरेका हुन् । ‘२०८१ श्रावणदेखिको हाम्रो तलब खोई ?, शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा गर’ लगायतका नारा लेखिएको प्लेकार्ड सहभागी शिक्षकहरुले बोकेका थिए । 

सात महिनासम्मको तलब नपाएपछि र पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाउनु परेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले बताए । उनले भने, ‘हामी शिक्षकहरु बालबालिकाप्रति अत्यन्तै संवेदनशिल छौ, विद्यालयको पढाई लेखाई रोक्ने पक्षमा हामी कहिले हुँदैनौ । तर विगत ७ महिनादेखि अहिलेसम्म तलब नपाएपछि हामी बाध्य भएका छौँ ।’ 

विद्यालयमा पठनपाठनका लागि तलबका अलावा परीक्षा सञ्चालनदेखि अन्य कार्यका लागि आवश्यक पर्ने रकम पनि निकासा नभएको अध्यक्ष यादवको भनाई छ । यति मात्रै नभएर नेपाल सरकारले अनिवार्य गरेको दिवा खाजाबाट पनि बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित भएका छन् । दशै, तिहार, छठ, माघे संक्रान्ति लगायतका पर्वहरुमा पनि तलब नपाएपछि अहिले शिक्षक कर्मचारीहरु आर्थिक रुपमा कमजोर बनेर मनोबल पनि कमजोर बनेको अध्यक्ष यादवले बताए ।  

विद्यालयका साँचो ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो अवस्था आउनु अत्यन्तै दुखद पक्ष भएको बताए । बहुदरमाई नगरपालिकामा पटकपटक पहल गर्दा पनि नतिजा नआउँदा अहिलेको अवस्था सृजना भएको उनको भनाई छ । तत्कालै तलब निकासाका लागि लिखित रुपमा मौखिक रुपमा पनि पटकपटक प्रयास गर्दा सफल हुन नसकेको अर्यालले बताए । उनले अझै पनि आफ्नो तर्फबाट हरसम्भव प्रयास गरीरहेको जानकारी दिए ।

साेही नगरपालिकाका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री र उनका स्वकिय सचिव हुँदा समेत त्यहाँकाे समस्या समाधान हुन सकेकाे छैन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...