Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेशनल मेडिकल कलेजका नयाँ विद्यार्थीहरुकाे स्वागत तथा अभिमुखकरण

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमएमबीएस, बिडिएस, विएसी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जेनुद्दिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, एडमिस्न निर्देशक आबिद हुसेन अंसारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ , नँया विद्यार्र्थी सहित अभिभावकलगायतको सहभागिता रहेको थियो ।

साथै विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...