Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

नेशनल मेडिकल कलेजका नयाँ विद्यार्थीहरुकाे स्वागत तथा अभिमुखकरण

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमएमबीएस, बिडिएस, विएसी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जेनुद्दिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, एडमिस्न निर्देशक आबिद हुसेन अंसारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ , नँया विद्यार्र्थी सहित अभिभावकलगायतको सहभागिता रहेको थियो ।

साथै विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...