Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

असफल र असक्षम ओली सरकार विघटन हुन्छ : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलोली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने सुझाव उनले दिए । 

आजपा निकटको आम विद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकारले मुलुक र नागरिकलाई आवश्यक नभएको बताए । 

‘यो (ओली नेतृत्वको सरकार) पूर्णरुपमा असफल र असक्षम भएको प्रमाणित भइसक्यो । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवशयक छैन,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरुले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दैछन् । सुशासनमा शून्य छ, विकास निर्माण ठप्प छ । स्थिरता हुने भनेकाहरुले दिनदिनै सरकार ढल्दैन्, सरकार रहिरहन्छ भन्छ, आफैलाई आफ्नै सरकारमाथि विश्वास छैन ।’ 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बीचमा सात बुँदे सहमती गरेर सरकार गठन भएको थियो । तर कांग्रेस र एमालेले गरेको सहमति नै ओली नेतृत्वको सरकार कार्यान्वयन गर्न असफल भएको साहको टिप्पणी छ । संविधान संशोधन गर्ने भनेर सहमती गर्ने तर प्रधानमन्त्री ओली २०८७ सालमा संविधान संशोधन गर्ने अभिव्यक्ति दिएपछि साहले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले नेपाली विद्यार्थीहरु कमजोर नभएको भन्दै बंगलादेश भन्दा सक्षम र विवेकशील भएको बताउदै असफल भएका सरकारको विरुद्धमा विद्यार्थीहरु सडकमा आउन खोजेको बताए । यो असफल र असक्षम सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने चेतावनी साहले दिए ।  

आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषणा साह, सचिव उमेश कुशवाहा, आम महिला मोर्चाका कोषाध्यक्ष मिना देवी साहलगायतको सहभागिता रहेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् । 

बैठकले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुटविरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निर्णय भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् । 

विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । यस्तै ४५ प्रतिशत विद्यार्थीलाई यातायातमा छुट दिने व्यवस्था काठमाडौं उपत्यकामा मात्रै सिमित रहेकोमा त्यसलाई देशैभरी कार्यान्वयन गर्नुपर्ने, शिक्षा क्षेत्रमा देखिएको विभेद, सिण्डीकेट, लुटका बिरुद्धमा आम विधार्थी मोर्चाले संघर्ष गर्दै आएको विद्यार्थी मोर्चाका अध्यक्ष साहले जनाएका छन् । 

‘सरकारकै तथ्यांक अनुसार १२.२ लाख विद्यार्थी संख्या रहेको वागमती प्रदेशमा २५ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ६८६ शिक्षक उपलब्ध छ । त्यसैगरी ११.५ लाख विद्यार्थी संख्या रहेको कोशी प्रदेशमा २३ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ३२१ शिक्षक उपलब्ध रहेको छ,’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘तर सबैभन्दा बढी १५ लाख विद्यार्थी संख्या रहेको मधेस प्रदेशमा जहाँ ३० हजार शिक्षकको आवश्यकता छ त्यहाँ १८ हजार ३०९ शिक्षक मात्रै रहेको छ ।’ 

उनले प्रश्न गर्दै भने, ‘सरकारी तथ्यांक अनुसार देशमा कुल ७८ लाख विद्यार्थी र १ लाख ६० हजार २८६ शिक्षक संख्या छ । विद्यार्थी संख्यालाई शिक्षक संख्याले भाग गर्दा अहिले पनि देशमा प्रत्येक ४८ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेस प्रदेशमा किन १०० विद्यार्थीमा एक शिक्षक छन् ? यसको जवाफ सरकारले दिनुपर्छ ।’ 

मधेशमा एउटा कक्षाकोठामा १०० जना बसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेर होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा आयोग कतिको जायज छ भन्दै साहले प्रश्न गरे । उनले यस्तै विभेदकारी र अनैतिक प्रावधानका विरुद्धमा विद्यार्थी मोर्चाले निरन्तर संघर्ष जारी राख्ने निष्कर्षमा पुगेको बताए । 

यसैबीच आजै आजपा निकटको आम ट्रेड यूनियन फेडरेशनको बैठक सम्पन्न भएको छ । फेडरेशनका इन्चार्ज एवं आजपा उपमहासचिव धनकुमार मगरको अध्यक्षता एवं आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरको प्रमुख आतिथ्यमा बसेको बैठकले नेपालभित्रको उद्योगधन्दामा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिलाउन तथा घरेलु कामदार सम्बन्धी ठोस कानुन ल्याउन एवं संगठन विस्तार तथा श्रमिकको पक्षमा संघर्ष अगाडि बढाउने निर्णय गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय श्रृङ्खलामा...

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल...