Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 359

सेन्ट जेभियर्समा हाजरि जवाफ प्रतियाेगिता सम्पन्न

वीरगंज । वीरगंजस्थित सेन्ट जेभियर्स क्लेज शनिबार हाजरि जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।

चितवनकाे एमस एकाउन्ट उर्जाडस संस्थाकाे आयाेजना भएकाे प्रतियाेगितामा मिनिलैण्ड क्लेजका पवन कुमार कमकर प्रथम, साेही क्लेजका साहेब पण्डित द्वितिय भएकाे क्लेजका संयोजक दिपक कुमार पटेलले जानकारी दिए ।

प्रतियोगितामा मिनिलैण्ड क्लेज, वीरगंज पब्लिक क्लेज, ग्लोबल क्लेज, वीरगंज पब्लिक स्कूल, सेन्ट जेभियर्स क्लेज लगायतका वीरगंजका बिभिन्न म्यानेजमेन्ट पढाउने क्लेजका विद्यार्थीहरु सहभागि भएका थिए ।

बिरन्चीबर्वामा जेष्ठ नागरिकहरूलाई कम्बल बितरण

वीरगंज । कालिकामाई गाउँपालिका वडा न. ५ बिरन्चीबर्वामा आइतबार विपन्न घरपरिवारकाे जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएकाे छ ।

दिब्य विकास स्राेत केन्द्र पर्सा र दिब्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे संयुक्त सहयाेग तथा दिब्य जीवन काेष बिरन्चीबर्वाकाे आयाेजनामा संचालित विपन्न घरपरिवारकाे जेष्ठ नागरिकहरूलाई न्यानाेकाे लागि कम्बल बितरण कार्यक्रम अन्तर्गत १५० जना विपन्न जेष्ठ नागरिकहरूलाई कम्बल बितरण गरिएकाे दिव्य विकास स्राेत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले जानकारी दिए ।

दिब्य विकास स्राेत केन्द्र पर्साका अध्यक्ष उमेश प्रसाद चाैहानकाे अध्यक्षता र कालिकामाई गाउँपालिकाका वडा न. ५ का वडा अध्यक्ष जयनारायण प्रसा कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम कम्बल  वितरण गरिएकाे हाे ।

साे कार्यक्रममा दिब्य विकास स्राेत पर्साकाे कार्यकारी निर्देशक श्री रामाकान्त प्रसा कुर्मी, सचिव बृजकिशाेर प्रसाद चाैहान, काेषाध्यक्ष कन्हैया प्रसाद तथा दुबै संस्थाका कार्यकारिणी समितिका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

दिव्य विकास स्रोत केन्द्रले आफ्नो आन्तरिक बजेटबाट विपन्न समुदायको हक, हित र संमक्षणको लागी सहयोग गर्ने उदेश्य अनुरुप स्थापना भएको कोषले निरन्तर रुपमा सिमान्तकृत समुदायको न्यायको वकालत गर्न पनि यस कोषलाई प्रयोग गरिने संस्थाले जनाएकाे छ ।

खेलकुद मन्त्रालयकाे पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार यादवलाई

वीरगंज । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने प्रदेश तर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार पर्साका पत्रकार तिवारी यादवले पाउने भएका छन ।

नयाँ पत्रिका दैनिकका पर्सा संवाददाता यादवले अगामी माघ १७ गते युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको हातबाट उक्त पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले आवेदनको मूल्यांकनका आधारमा मधेश प्रदेशबाट यादवलाई छनोट गरेको छ।

पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र छ । यादव नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष हुन । उनी एक दशक देखि पत्रकारितामा क्रियाशील छन् ।

दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पुर्व राजा शाह

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।
वीरगंज स्थित लालबंगला परिसरमा शनिवार आयोजित पुर्व राजा शाहको नागरिक अभिनन्दन समारोहलाई भावुकपुर्ण सम्बोधन गर्दै उने यस्तो बताएका हुन् ।

उनले यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको बताउँदै आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको बताउँदै दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै उनले राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए उनले भने ।

पुर्व राजा शाहले दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका कारण अझ पनि मानिसहरु बहकिरहेको भन्दै यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो भने । सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिदै त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे ।

त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहंदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले आज त्यो असन्तोष, चासो, चिन्ता छलाछुल्ल छ भने।

राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए भने । पुर्व राजा शाहले अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको बताए ।

उनले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुंदैन भन्ने आफ्नो अडान रहेको भन्दै राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्नेमा जोड पनि दिए ।

देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आहृवान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह पनि गरे ।

बहुअरीमा नि:शुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वीरगंज । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा एक दिने नि:शुल्क आँखा तथा दाँत शिविर सम्पन्न भएको छ ।  

सानो दीपको आयोजना र वीरगंज सामुदायिक आँखा केन्द्रको सह आयोजनामा तथा डाक्टर्स क्लबको सहयोगमा शिविरमा १ सय ७२ जनाले आँखा तथा दाँत सम्बन्धी सेवा लिएकाे सानाे दिपका अध्यक्ष कृष पटेलले जानकारी दिए ।

सानाे दिपका अध्यक्ष पटेलकाे अध्यक्षतामा भएको शिविरकाे उद्घाटन नेपाली कांग्रेस बारा क्षेत्र -४ ख का सभापति लोकेश सिंहले गरेका थिए ।

सो शिविरमा जेकजाँच गराएकाहरुलाई वीरगंज सामुदायिक केन्द्रको अर्थोडोन्टिक सेन्टरमा जाँदा चश्मा र दन्त उपचारमा २० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराउने वीरगंज सामुदायिक केन्द्रका चिकित्सक डाक्टर प्रभात चौरसियाले बताए ।

साथै परीक्षण गराएकहरुलाई नि. शुल्क औषधी र हाईजिङ किट ब्याग वितरण, आवश्यक परामर्श उपलब्ध गरिएको अध्यक्ष पटेलले बताए ।

रा.बा. बैंककाे बार्षिकाेत्सवकाे अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता, शाखा कार्यालय विजयी

वीरगंज । राष्ट्रिय वाणिज्य बैंककाे ५९ बार्षिकाेत्सवकाे अवसरमा शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता सम्पन्न भएकाे छ । 

राष्ट्रिय बाणिज्य बैंक मधेश प्रदेशिक कार्यालय र राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिच बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. ४ स्थित चण्डीमाई क्रिकेट ग्राउन्डमा भएकाे क्रिकेट प्रतियाेगितामा शाखा कार्यालय विजयी भएकाे हाे ।

सुरुमा शाखा कार्यालयका कप्तान नरसिंह नारायण यादले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङ गरेकाे प्रादेशिक कार्यालयले पुरै १६ ओभर खेल्दै २ बिकेटकाे नाेक्सानीमा १२० रन बनाएको थियाे । जसमा प्रादेशिक कार्यालयका कप्तान अशाेक यादवले १९ रन, बिबेक श्रीवास्तवले ३४ र राहुल ओझाले ५५ रन बनाएका थिए ।

त्यसपछि १२१ रनकाे लक्ष्यसहित जवाफी व्याटिङमा उत्रेका शाखा कार्यालयले १५ अेाभर मै ५ बिकेट गुमाउँदै लक्ष्य पुरा गरि विजयी भएकाे थियाे । जसमा शाखाका कार्यालयका अतिन्द्र राउतले ५९ रन, ओमप्रकास साहले १५ रन, नितेश कर्णले १३ रन र बिमल पुडासैनीले ४ रनकाे याेगदान दिएका थिए ।

प्रतियाेगिताकाे उद्घाटन राष्ट्रिय बाणिज्य बैंक मधेश प्रदेशिक कार्यालयका उपप्रमुख संध्या सिंहले गरेका थिइन ।

नेपाली कांग्रस पर्साले पनि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने

वीरगंज । नेपाली कांग्रेस पर्साले सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार पर्सा जिल्लाको सबै वडाहरुमा यहि माघ १६ गते सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले जानकारी दिए ।

उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानकाे नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको सह सचिव सिंहले वताए ।

साे अभियान संचालनकाे लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् तराई मधेश समन्वय बिभाग प्रमुख किरण यादवलाई खटाइएकाे छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले पर्साका सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेकाे छ ।  

लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

वीरगंज । वीरगंज पानीटंकी स्थित लिटिल बड्डी इन्टरनेशनल प्रि–स्कुलले आफ्नो प्रथम बार्षिकाेत्सव धुमधामका साथ मनाएको छ ।

बार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा एक वर्षको अवधिमा त्यहाँ अध्ययनरत बालबालिकाहरुमा आएको परिवर्तनका क्रियाकलापहरु बारे प्रदर्शन गरिएको थियो । पि.जी.देखि युकेजीसम्मका बालबालिकाहरु विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

साथै अभिभावकहरुलाई मनोरञ्जन गराउनका लागि कपल डान्स प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसमा विजयी हुने अभिभावकलाई पुरस्कृत गर्नुका साथै विद्यालयलाई एक वर्षको अवधिमा यहाँसम्म ल्याउन योगदान पु¥याए वापत शिक्षिका एवं कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।

स्कुलका प्रिन्सपल विजय बलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक अभियन्ता एवं वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, स्कुलका निर्देशक सृजना श्रेष्ठ, राहुल श्रीवास्तव, प्याब्सन पर्साका प्रतिनिधिहरु सनी पाख्रिन, सुरज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सञ्चारकर्मी हरिशंकर शर्मा, दिपु वर्णवाल, रोट्रयाक्ट वीरगंज मेट्रोपोलिसका सँस्थापक अध्यक्ष प्रकाश कर्ण, डिएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा लगायत वीरगंज स्थित विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

स्कुलका प्रधान कार्यालय युनाइटेड किङडमको लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रि–स्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । साथै नेपालको मधेश प्रदेशमै पहिलो वीरगंजमा यसको शाखा पानीटंकी स्थित विगत १ वर्षदेखि संचालनमा रहेको छ ।

एक वर्षको अवधिमा बालबालिकाहरुको अध्ययनदेखि विभिन्न क्रियाकलापहरुमा परिवर्तन ल्याई अभिभावकहरुको मन जित्न सफल लिटल बड्डी इन्टरनेशनल प्रि–स्कुल वीरगंज शाखामा हाल ५५ जना बालबालिकाहरु अध्ययनरत छन् भने विद्यार्थी भर्ना धमाधम भइरहेको प्रधानाध्यापक बलले जानकारी दिए ।

होटल क्लासिक बैंक्वीट भएकाे कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयबाट आफ्नो बालबालिकाहरुले पाउने गरेको गुणस्तरीय शिक्षाबारे प्रसंशा गरेका थिए । साना साना बालबालबालिकाहरुलाई अध्ययनको साथसाथै यहाँका सँस्कृतिबारे प्रयोगात्मक क्रियाकलापबाट सिकाउने गरेको कारण बालबालिकाहरु घर भन्दा पनि विद्यालयमा रुचाउने गरेको अभिभावकहरुको भनाई थियो ।

राघव साहलाई संगठनले गर्याे कारवाही, साधारण सदस्यता समेत खारेज

वीरगंज । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार राघव साहलाई संगठनले कारवाही गरेकाे छ । संगठनको केन्द्रिय कार्यालयकाे शनिबारकाे निर्णय अनुसार साहलाई संगठनकाे साधारण सदस्यता समेत खारेज गरिएकाे संगठनका केन्द्रिय अध्यक्ष विश्वमणी सुवेदीले जानकारी दिए ।

अध्यक्ष सुवेदीले शनिबार प्रेस विज्ञप्ती जारि गर्दै संगठनको केन्द्रीय कार्यालयको शनिबारकाे निर्णय अनुसार पटक पटक संगठनको हित विपरित भूमिका खेल्दै आएका संगठनका सल्लाहकार साहलाई आजैको मितिदेखि लागु हुने गरी यस संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएका छन् । साथै उनको यस संगठनको साधारण सदस्यतासमेत खारेज भएको जानकारी गराएका उनले जनाएका छन् । 

साथै नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा यस संगठनका साधारण सदस्य अजय चौरसियालाई संगठनको हित विपरित भइरहेका गतिविधिबाट अलग हुन र संगठनका वैधानिक गतिविधिमा मात्रै संलग्न हुन सचेत गराएको छ । आफ्ना भूमिका र गतिविधिलाई नसच्याए अर्को कदम चालिने चेतावनी समेत दिएको छ । विज्ञप्ति मार्फत यही माघ १२ गते वीरगंज अलखिया मठ स्थित वृन्दावन होटलमा सम्पन्न दोश्रो अधिवेशनबाट शम्भु कुमार सुमनको नेतृत्वमा चयन १७ सदस्यीय कमिटिलाई वैधानिकता दिएको छ ।

विज्ञप्तिमा ‘संगठनका केन्द्रीय अध्यक्षसहितका पदाधिकारी, पार्टी जिल्ला कमिटीका अध्यक्ष एवं प्रचार विभाग प्रमुख क.बालगोपाल थापा, पार्टीका वीरगंज महानगर कमिटीका अध्यक्ष क.मनोज चौधरीसहितको उपस्थितिमा सम्पन्न भएको उक्त अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उक्त अधिवेशनमा संगठनको केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई र नयाँ सदस्यका रुपमा थप भएका १० जना पत्रकारको उपस्थिति थियो । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीबाट सम्पन्न भएको छ’ उल्लेख गरिएको छ ।

यसको साथै संगठनका नाममा गैरसांगठनिक गतिविधिमा संलग्न भएका केही व्यक्तिले विशेष जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै अवैध तवरले अर्को जिल्ला सम्मेलनको आयोजना गरी त्यसका फोटो र ‘निर्वाचित’ भएको भनी कार्यसमितिको नामावली सार्वजनिक गरेको कार्य स्वीकार्य नरहेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

अधिवेशनअघि संगठनका नाममा अवैध गतिविध गर्ने पक्षसँग स्थानीय पार्टी नेतृत्व, केन्द्रबाट तोकिएका संगठनका पदाधिकारीले बारम्बार संवादको माध्यमबाट समाधानको खोजी गर्ने प्रयत्न गर्दा पनि पार्टी र संगठनले बोलाएको समय र स्थानमा नआउने, काल्पनिक प्रकारका आरोप र समाधान सम्भव नहुने शर्तहरु अगाडि सार्ने काम गरेको हुँदा शम्भु कुमार सुमनको नेतृत्वमा निर्वाचित कमिटि बाहेक अन्य कमिटि वैधानिक नरहेको विज्ञप्ति मार्फत जनाएको छ ।

‘हाम्रो संगठनको अभ्यासअनुसार कुनै पनि भेला, अधिवेशन र कमिटी गठनका काम संगठनको प्रदेश, केन्द्रीय कमिटी र पार्टीको सम्बन्धित तहको प्रचार विभागसँगको समन्वयमा मात्रै हुने गर्दछ । अन्यथा त्यसविपरित भए, गरिएका कुनै पनि गतिविधि वैधानिक हुँदैनन् । होटल वृन्दावनमा सम्पन्न अधिवेशनबाहेक कुनै पनि नामका भेला, अधिवेशन र कमिटी यस संगठनलाई स्वीकार्य छैन’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘संगठनले विगतमा सदस्यता दिएको र पछि पत्रकारिता पेशामा संलग्न नभई अन्य पेशा र व्यवसाय गर्ने कारण सदस्यता खारेज गरिएका व्यक्तिहरुलाई विभिन्न पदमा निर्वाचित भएको भनी नाम सार्वजनिक गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल पत्रकारिता गर्ने पत्रकारहरुको मात्रै संगठन भएको हुँदा फरक पेशा र व्यवसायका व्यक्तिहरु यस संगठनको साधारण सदस्य पनि रहन योग्य हुँदैनन् । त्यसमध्ये नेपाल पत्रकार महासंघको सदस्य बन्ने योग्यता नपुगेका र पत्रकारिता पेशामा संलग्न नरहेका कारण संगठनको सदस्यता खारेजीमा परिसकेका गैरपत्रकारहरुलाई विभिन्न पद बाँडेर सार्वजनिक गरिएको कमिटी यस संगठनको नभएको पुनः स्पष्ट पारिन्छ । होटल वृन्दावनमा सम्पन्न अधिवेशनमा केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई सदस्यको उपस्थिति थियो । उक्त अधिवेशनमात्रै वैधानिक हो ।’

यसरी समाजवादी प्रेस संगठन नेपालको आन्तरिक एकता, अनुशासनसहित संगठनका नीति र विधिका विरुद्ध पटक पटक प्रश्नयोग्य भूमिका खेल्दै आएका यस संगठनका केन्द्रीय सल्लाहकार राघव साह रहेको संगठनको ठहर छ । उनलाई संगठनको केन्द्रीय नेतृत्व र पार्टीको जिल्ला नेतृत्वले माघ ११ र १२ गते पटक पटक सम्पर्कमा आउन र आफ्ना कुराहरु राख्न अनुरोध गर्दा पनि पार्टी र संगठनले बोलाएको स्थान र समयमा नआउने, बाहिर बाहिरै रहेर अन्य साथीहरुका सन्दर्भमा काल्पनिक आरोप लगाउने र अनुचित शर्तहरु राख्ने काममा सक्रिय रहेकोले संगठनका केन्द्रीय सल्लाहकार राघव साहलाई आजैको मितिदेखि लागु हुने गरी यस संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुर्लीमा नवनिर्मित मदर्सा भवनको पुर्वमन्त्री यादवद्वारा उद्घाटन

वीरगंज । बीरगंज महानगरपालिकाको वडा नं.१२ मुर्ली नयाँ टोलमा रहेको नवनिर्मित मदर्सा भवनको पूर्वमन्त्री प्रदिप यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेको छन् । नव निर्मित मदर्सा रिजविया ईशलाउल मुस्लेमिनको भवनको पर्सा निर्वाचन क्षेत्र १ का संघिय सांसद समेत रहेका पूर्वमन्त्री यादवले रिवन काटेर शनिवार उद्घाटन गरेका हुन् भने भवनको मुल गेटमा निर्माण गरिएको सिलालेखको समेत आवरण गरेका हुन् ।

अनजुमन सदर सैयद अंसारी एवं सेकेट्री नेजामोदिन मास्टरको अध्यक्षता एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बीरगंज महानगरपालिका मेयर राजेशमान सिंह, पूर्ववडा अध्यक्ष तुफान अंसारी,नुनआलम आंसारी, नयाँ टोल स्पोर्ट क्लबका अध्यक्ष फारुख अंसारी लगायतका स्थानिय भद्र भलादमी एवं वडाका अगुवा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

सांसद प्रदिप यादवको संसदीय कोषको १० लाख,बीरगंज महानगरपालिकाको १० गरी २० लाखको बजेट एवं थोरै स्थानिय श्रमदानबाट निर्माण सम्पन्न भएको भवनले वडाको विकासमा थप टेवा पुगेको स्थानिय अगुवाहरुले बताए ।

भवनको उद्घाटनपछि भवनमै स्थानियहरुसँग छलफल गर्दै सांसद यादवले समुदायिक भवनको रुपमा समेत प्रयोग गर्न सक्ने भवनको बिजुली वत्तीको व्यवस्थापन एवं माथिको तल्लाको निर्माणमा समेत आफ्नो सहयोग एवं पहल रहने कुरामा जोड दिए । उनले विकासको काममा सबै स्थानियहरु वाडावासी एकजुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा भवन निर्माण भएकोमा स्थानियहरुलाई बधाई दिदै बीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले वडाको समग्र विकासमा थप कामहरु अगाडी बढाउने प्रतिब्धता व्यक्त गरे । भवनको उद्घाटनपछि स्थानिहरुको आग्रहमा सांसद यादव एवं महानगरका मेयर सिंहले मदर्सा पछाडी रहेको टोलको अनुगमन गदै बाटो व्यवस्थापन एवं पानी निकासको लागि नाला निर्माणको बिषयमा पनि स्थानियहरुसँग छलफल गरेका थिए ।