Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन प्रि–एसइई परीक्षा शुरु

spot_img
spot_img

वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनद्वारा सन्चालित प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आजबाट देशभर शुरु भएको छ । प्याब्सन केन्द्रले सन्चालन गरेको सो परीक्षा अन्तर्गत आज पहिलो दिन अनिवार्य अंग्रेजी विषय परीक्षा सन्चालन भईरहेको छ ।

प्याब्सन पर्साले पनि पर्सा जिल्लामा सोही अनुसार परीक्षा सन्चालन गरेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए । आजबाट शुरु भएको प्याब्सन प्रि–एसइई परीक्षा २०८१ मा पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएको उनले जानकारी दिए ।

एसइईको तयारी स्वरुप प्याब्सन प्रि एसइई परीक्षा सन्चालन गरिएकाले पर्सामा सोही अुनरुपमा पाँच परीक्षा केन्द्र तोकेर परीक्षा सन्चालन गरिएको उनले बताए ।

साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगंज पब्लिक इंग्लिस स्कुलमा तोकिएका परीक्षा केन्द्र मार्फत परीक्षा सन्चालन भईरहेको चौधरीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...