Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सामा श्रमजीवी पत्रकार संघ गठन

spot_img
spot_img
वीरगंज । पर्सामा श्रमजीवी पत्रकार संघ गठन भएकाे छ । प्रतिक दैनिकका समाचार सम्पादक आरके पटेलकाे अध्यक्षतामा श्रमजीवी पत्रकार संघ नेपाल पर्सा गठन भएकाे हाे ।
 
नवगठित समितिकाे उपाध्यक्षमा प्रणय साह, महिला उपाध्यक्षमा बिमला गुप्ता, सचिवमा नितेश कर्ण, सह सचिवमा अर्जुन गुप्ता, बिशाल यादब, कोषाधयक्षमा दिपक कुशवाहा, सदस्यमा सुमेशवर साह( धिरज), जाकिर हुसैन, पुनम चौधरी, राज सर्राफ, राज कुमारी गुप्ता, राजु बैठा, बिनोद यादब र विशाल पटेल रहेका छन् ।
 
नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे घाेषणा सभा नेपाल सरकारका खानेपानीमन्त्री प्रदिप यादवले नवगठित समितिका सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई फूलमाला तथा टीका लगाई बधाई व्यक्त गरेका थिए ।
 
साे अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनाेज पटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...