Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अमरपट्टी र मधवलमा महिला हिंसा सम्बन्धी  जनचेतना मुलक कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.-४ अमरपट्टी र मधवलमा मंगलबारदेखि महिला हिंसा सम्बन्धी ६ दिने जनचेतना मुलक कार्यक्रम सुरु भएकाे छ । अमरपट्टी र मधवलमा छुट्टा छुट्टै सुरु भएकाे कार्यक्रमको  वडाध्यक्ष अनोज कुमार चौरसियाले उद्घाटन गरेका हुन्  ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै वडाध्यक्ष चौरसियाले सहभागीहरुले ६ दिन सम्म चल्ने यस कार्यक्रमबाट सिखेका कुराहरु  ब्यवहारमा उतार्ने वताए । साथै छरछिमेकका महिला दिदिबहिनिहरुमा महिला हिंसा हुन नदिने बारे जनचेतना दिनु पर्ने उनले सुझाव समेत दिए । 

समाजिक बिकाश शाखा प्रमुख नरेश चौहानले बढ्दो महिला हिंसा न्युनिकरणमा यो कार्यक्रमले सहयोग पुग्ने तथा न्यून हुने कुरामा आफु बिस्वस्त रहेको बताए ।

वडाध्यक्ष चौरसियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्यहरु मुकेश प्रसाद साह कानु, हरेन्द्र प्रसाद चौरसिया, महिला वडा सदस्य सकिना खातुन, दलित महिला बडा सदस्य सुरसती देवी तत्विन, वडा सचिव रामाधार चौरसिया, नेपाली काँग्रेस वडा नं.-४ का बुथ सभापति रामबेलाश चौरसिया लगायतको उपस्थितिमा रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...