Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगतपुरमा ७४ जना विद्यार्थीहरुलाई चाइनिज साईकल वितरण

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ८ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगतपुरमा साेमबार एक कार्यक्रमको विच ७४ जना विद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ ।

चाइना फाउन्डेसन विद्यालयलाई उपलब्ध गराएकाे साइकल विद्यालयले विद्यार्थीहरुलाई वितरण गरेकाे हाे । कक्षा ८ का ४३ जना र कक्षा ९ का ३१ जना छात्र/ छात्राहरुलाई साईकल वितरण गरिएकाे विद्यालयका प्रधानाधयापक लालबाबु प्रसाद चौहानले जानकारी दिए ।

वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किशाेरी साह तेलीको अध्यक्ष्तामा भएको साईकल वितरण कार्यक्रमा देवेन्द्र गुप्ता, हिरालाल मुखिया विन, राकेश साह, सकिला खातुन, ईर्फाना खातुन, राष्ट्रिय अनुसन्धान कार्यालय पोखरियाको अनुसन्धान प्रमुख गुलाम मुस्तफा, विद्यालयका शिक्षक, शिक्षिका, विधार्थी तथा समाज सेवीहरको सहभागतिा रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...