Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगतपुरमा ७४ जना विद्यार्थीहरुलाई चाइनिज साईकल वितरण

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ८ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगतपुरमा साेमबार एक कार्यक्रमको विच ७४ जना विद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ ।

चाइना फाउन्डेसन विद्यालयलाई उपलब्ध गराएकाे साइकल विद्यालयले विद्यार्थीहरुलाई वितरण गरेकाे हाे । कक्षा ८ का ४३ जना र कक्षा ९ का ३१ जना छात्र/ छात्राहरुलाई साईकल वितरण गरिएकाे विद्यालयका प्रधानाधयापक लालबाबु प्रसाद चौहानले जानकारी दिए ।

वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किशाेरी साह तेलीको अध्यक्ष्तामा भएको साईकल वितरण कार्यक्रमा देवेन्द्र गुप्ता, हिरालाल मुखिया विन, राकेश साह, सकिला खातुन, ईर्फाना खातुन, राष्ट्रिय अनुसन्धान कार्यालय पोखरियाको अनुसन्धान प्रमुख गुलाम मुस्तफा, विद्यालयका शिक्षक, शिक्षिका, विधार्थी तथा समाज सेवीहरको सहभागतिा रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...