Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुरमा नसर्ने राेगहरुकाे पहिचानकाे लागि एक महिने अभियान संचालन

spot_img
spot_img

सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले नसर्ने राेगहरुकाे पहिचानकाे लागि एक महिने अभियान सुरु गरेकाे छ । जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा फागुन ५ गतेदेखि सुरु भइरहेकाे अभियान अन्तर्गत ३० बर्षभन्दा बढि उमेरका महिला र पुरुषको विभिन्न राेगहरुकाे चेकजाँच भइरहेकाे छ ।

विजबनिया स्वास्थ्य चाैकीबाट सुरु भएकाे अभियानकाे फागुन ५ गते गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सुभारम्भ गरेका थिए । त्यसपछि समुदायमा रहेका आमनागरिकहरुलाई घर दैलौमा गई स्वास्थ्यकर्मीहरुले बिभिन्न रोगको चेकजाच गर्न थालेकाे जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए ।

गाउँपालिका अन्तर्गतका ६ वटा वडाका बिभिन्न टोलमा बसोबास गर्ने व्यक्तिहरुको तौल र उचाईका आधारमा बिएमआई निकाल्ने, रक्तचाप जाच गर्ने, रक्तमा चिनीको मात्राको जाच गर्नुको साथै मृगौलाको जाच गर्न क्रेटिनाइनको जाच भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए । 

फागुन २९ गतेसम्म चल्ने याे अभियान अन्तर्गत पिसाब तथा रगतबाट चिनि जाँच, क्रेटिन जाँच, बि.पि. जाँच, पिसाबकाे प्राेटिनकाे जाँच, शरीरकाे ताैल र उचाईकाे आधारमा बिएमआई मापन निशुल्क भइरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले वताए । परिक्षणबाट फेला परेका मधुमेह तथा उच्च रक्तचाप रोगका औषधी स्वास्थ्य चौकीले निःशुल्क उपलब्ध गराइरहेकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

साथै कतिपय दिर्धकालिन रोगको पहिचान भए रोगीले खानपान, आफ्ना दैनिक जीवनमा सुधार ल्याउने तथा सम्बन्धित चिकित्सकहरुसंग सम्पर्क गरी रोगीले आफै खर्च व्यवहर्ने व्यवस्था हुने जनाइएकाे छ । तर समयमै रोगका बारेमा जानकारी प्राप्त भए समयमै उपचार गराउदा ठूलो समस्याबाट जोगिन सहज हुने स्थानीयको भनाई रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...