Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा नसर्ने राेगहरुकाे पहिचानकाे लागि एक महिने अभियान संचालन

spot_img
spot_img

सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले नसर्ने राेगहरुकाे पहिचानकाे लागि एक महिने अभियान सुरु गरेकाे छ । जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा फागुन ५ गतेदेखि सुरु भइरहेकाे अभियान अन्तर्गत ३० बर्षभन्दा बढि उमेरका महिला र पुरुषको विभिन्न राेगहरुकाे चेकजाँच भइरहेकाे छ ।

विजबनिया स्वास्थ्य चाैकीबाट सुरु भएकाे अभियानकाे फागुन ५ गते गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सुभारम्भ गरेका थिए । त्यसपछि समुदायमा रहेका आमनागरिकहरुलाई घर दैलौमा गई स्वास्थ्यकर्मीहरुले बिभिन्न रोगको चेकजाच गर्न थालेकाे जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए ।

गाउँपालिका अन्तर्गतका ६ वटा वडाका बिभिन्न टोलमा बसोबास गर्ने व्यक्तिहरुको तौल र उचाईका आधारमा बिएमआई निकाल्ने, रक्तचाप जाच गर्ने, रक्तमा चिनीको मात्राको जाच गर्नुको साथै मृगौलाको जाच गर्न क्रेटिनाइनको जाच भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए । 

फागुन २९ गतेसम्म चल्ने याे अभियान अन्तर्गत पिसाब तथा रगतबाट चिनि जाँच, क्रेटिन जाँच, बि.पि. जाँच, पिसाबकाे प्राेटिनकाे जाँच, शरीरकाे ताैल र उचाईकाे आधारमा बिएमआई मापन निशुल्क भइरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले वताए । परिक्षणबाट फेला परेका मधुमेह तथा उच्च रक्तचाप रोगका औषधी स्वास्थ्य चौकीले निःशुल्क उपलब्ध गराइरहेकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

साथै कतिपय दिर्धकालिन रोगको पहिचान भए रोगीले खानपान, आफ्ना दैनिक जीवनमा सुधार ल्याउने तथा सम्बन्धित चिकित्सकहरुसंग सम्पर्क गरी रोगीले आफै खर्च व्यवहर्ने व्यवस्था हुने जनाइएकाे छ । तर समयमै रोगका बारेमा जानकारी प्राप्त भए समयमै उपचार गराउदा ठूलो समस्याबाट जोगिन सहज हुने स्थानीयको भनाई रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...