Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026

पटेर्वा सुगाैलीका पूर्व अध्यक्ष चौधरीद्वारा एमाले परित्याग

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले नेकपा एमाले परित्याग गरेकाे घाेषणा गरेका छन् ।  पूर्व अध्यक्ष चाैधरीले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरेकाे जानकारी गराएका छन् ।

केही नेताहरूको निहित स्वार्थमा लिप्त व्यवहार, पक्षपाती राजनीतिक गतिविधि, र अनुचित विभेदले गर्दा आफु पार्टी छाेड्न बाध्य भएकाे उनले आराेप समेत लगाएका छन् ।

उनले जारी गरेकाे विज्ञप्तीमा “यो निर्णय सहज भने छैन, तर केही नेताहरूको निहित स्वार्थमा लिप्त व्यवहार, पक्षपाती राजनीतिक गतिविधि, र अनुचित विभेदले गर्दा म निराश भएको छु । पार्टीभित्र न्याय, समानता, र पारदर्शिताको अभाव देख्दै आएको हुँदा मेरो राजनीतिक यात्रा स्वतन्त्र रूपमा अगाडि बढाउने निश्चय गरेको छु ।

एमालेका पर्सा क्षेत्र नं. ३ (क) का पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका चाैधरीले जारी गरेकाे प्रेस विज्ञप्ति मार्फत नै सम्पूर्ण जनसमुदाय, शुभचिन्तक, र समर्थकहरूलाई आफुले एमाले परित्याग गरेकाे जानकारी गराउन चाहन्छु उल्लेख गरेका छन् । उनले आगामी दिनहरूमा म कुनै पनि पार्टीगत दबाब वा पूर्वाग्रहबाट मुक्त रही, जनताको आवश्यकताअनुसार, सकेको सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने आदर्श मिश्रामाथि कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ...

वीरगंज महानगरमा छड्के अनुगमन, २० कर्मचारी कार्यकक्षमा अनुपस्थित भेटिए

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखा तथा फाँटमा आकस्मिक (छड्के) अनुगमन...

काठमाडौंमै बसेर मौलापुरको खाताबाट करोडौं निकालेको आरोप, उपसचिव घिमिरेमाथि छानबिनको माग

वीरगंज । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ । लामो...