Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जुनियर फुटबलको फाइनलमा नवदिप र लिटिल फ्लावर प्रबेश

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साद्वारा आयोजित ईन्टर स्कुल जुनियर फुटबल प्रतियोगितामा आइतबार भएकाे खेलमा नवदीप र लिटिल फ्लावर विद्यालयले जित हासिल गर्दै फाइनलमा स्थान बनाएका छन् ।

पहिलो खेलमा ज्ञानज्योति स्कुल र नवदीप एकेडेमीबीच भएको प्रतिस्पर्धामा नवदीपले ३–० को जित निकाल्यो । नवदीपका आर्यन कुशवाहा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ठोरी र लिटिल फ्लावर भिडेका थिए, जहाँ लिटिल फ्लावरले ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । लिटिल फ्लावरका करण मण्डल उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने ।

आइतबारकाे खेलका विजेताहरु लिटिल फ्लावर र नवदीप एकेडेमीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेलमैदानमा साेमबार फुटबलको फाइनल खेल हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...