Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

प्याब्सन पर्साको जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावरले जित्याे

spot_img
spot_img

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको राज होजियारी ईन्टर स्कुल जुनियर फुटबल प्रतियोगिताका उपाधि लिटिल फ्लावर स्कुलले जितेको छ । विपद् व्यवस्थापन गुल्म मधेश प्रदेशको खेल मैदानमा सोमवार भएको फाइनल खेलमा नवदिप एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै लिटिल फ्लावर विजयी भएको हो ।

लिटिल फ्लावरले सुरुवातदेखि नै नवदिपलाई निरन्तर दबाबमा राखेको थियो । लिटिल फ्लावरका जर्सी नम्बर ८ का साहिल आलमले ३ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनी नै फाइनल खेलको प्लेयर अफ दी म्याच समेत भएका थिए ।

त्यसअघि भएको खेलमा ज्ञानज्योती स्कुललाई ६–१ गोलले पराजित गर्दै ठोरी एकेडेमी तृतिय भएको छ । प्लेयर अफ दी म्याच ठाेरीका जर्सी नम्बर ४ का आशिष मगर घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

विजेतालाई नगद ८ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने उपविजेतालाई नगद ६ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै तृतियलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतियोगिताभरीको बेस्ट फरवार्डर लिटिल फ्लावरका आर्यन मण्डल भए । म्यान अफ दी सिरिज लिटिल फ्लावरका राकेश यादव, बेस्ट किपर नवदिपका गोलकिपर राज चौधरी, बेस्ट डिफेन्डर नवदिप एकेडेमीकै अकलेश ठाकुर र बेस्ट मिडफिल्डर लिटिल फ्लावरका उत्तम मण्डल भए ।

यस्तै प्रतियोगिताभरीमै सर्वाधिक गोल गर्ने हाइ स्कोरर खेलाडी ठोरी एकेडेमीका यवेश राई बने । उनले प्रतियोगिता भरी १२ गोल गरेका थिए । सबै उत्कृष्ट खेलाडीलाई नगद १५ सय रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा पाँच दशक भन्दा लामो समयदेखि फुटबल खेल खेलेर वीरगंज, पर्सा र नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका वीरगंजका पुराना फुटबल खेलाडी तथा प्रशिक्षक ऋतु शाक्यलाई सम्मान समेत गरिएको प्याब्सनका सचिव सङ्ग्रौलाले जानकारी दिए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियोगिताको समापन समारोहमा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, पूर्व केन्द्रिय सदस्य प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सन मधेश प्रदेशका बरिष्ठ सल्लाहकार ईमामुदिन अहमद, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे, मुख्य प्रायोजक राज होजियारीका सञ्चालक राज साह, समाजिक अभियान्ता प्रकाश थारु, दिलिप राज कार्की, कमल चाैलागाई लगायतको उपस्थिती रहेको थियो ।

फागुन ५ गतेदेखि सुरु भएको राज होजियारी ईन्टर स्कुल जुनियर नकआउट फुटबल प्रतियोगितामा पर्सा प्याब्सनमा आवद्ध २० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...