Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

अनलाइन जुवा खेलाउने गिराेहका नाइके पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट अनलाइन जुवा (सट्टाबाजी)खेलाउने गिराेहका नाइकेलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहारकाे माेतिहारी जिल्लाकाे देवपुर घर भएका २३ बर्षिय रविशंकर ठाकुर रहेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १२ मूर्लीमा एउटा घरमा काेठा भाडामा लिई ल्यापटप र कम्प्युटर लगायतका विद्युती सामग्री राखेर अनलाइन जुवा (सट्टाबाजी) खेलाउँदै आएका ठाकुरलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे । उनकाे काेठाबाट विभिन्न ब्रान्डका ल्यापटप ९ थान, राउटर २ थान, हेडफाेन ६ थान, ल्यापटप चार्जर ९ थान, किबाेर्ड ८ थान, पेन ड्राइभ २ थान, माेबाइल २ थान, डिभाइस १ थान, माउस ९ थानर क्यामेरा २ थान बरामद गरिएको प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए ।

पक्राउ गरिएका ठाकुरलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...