Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन पर्साको नकआउट क्रिकेटमा विद्यासागर, साउथ जोन र मुनलाइट सेमिफाइनलमा प्रवेश

spot_img
spot_img

वीरगंज । प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल्स अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको नेपाल मेडिसिटी अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा शुक्रबार सम्पन्न तीनवटा क्वार्टरफाइनल खेलपछि विद्यासागर, साउथ जोन र मुनलाइट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वार्टरफाइनल खेलमा विद्यासागर एकेडेमीले मास्कट एकेडेमीलाई ६६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विद्यासागरले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो । १२४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मास्कट एकेडेमी १३ ओभर ४ बलमै ५७ रनमै समेटियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विद्यासागरका आकाश कुशवाहा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो क्वार्टरफाइनल खेल गोल्डेन फ्यूचर र साउथ जोनबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन फ्यूचरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ८३ रन बनायो । जवाफमा साउथ जोनले १० ओभरमै ६ विकेट बाँकी छँदै ८५ रन बनाएर सहज जित निकाल्यो । उत्कृष्ट प्रदर्शन गरेका साउथ जोनका आकाश पटेल म्यान अफ द म्याच घोषित भए ।

तेस्रो क्वार्टरफाइनल खेल मुनलाइट र बिकन स्कुलबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुनलाइटले १५ ओभरको खेलमा ३ विकेटको क्षतीमा ११६ रन बनायो । ११७ रनको लक्ष्य पछ्याएको बिकन स्कुल १२ ओभरमै सबै विकेट गुमाउँदै ४९ रनमै समेटियो । बलियो प्रदर्शन गरेका मुनलाइटका दिलरञ्जन यादव म्यान अफ द म्याच घोषित भए ।

भोली प्रतियोगिताका बाँकी क्वार्टरफाइनल खेल र दुई सेमिफाइनल खेलहरू सम्पन्न हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...