Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 350

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशद्वारा ४ पत्रकार सम्मानित

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

बिहिवार महोत्तरीको बर्दीबासमा सम्पन्न महासंघ मधेश प्रदेशको पाँचौ प्रदेश सभाका अवसरमा रेडियो वीरगंज, टिभी वीरगंज एवम् मधेशदृष्टिका कार्यकारी अध्यक्ष धुव्र साह, आर्थिक अभियान दैनिकका संवाददाता ओभप्रकाश खनाल, सामुदायिक रेडियो नारायणी एफएमका समाचार प्रमुख एवम् काराेबार दैनिकका संवाददाता निरज पिठाकोटे मगर र कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर सम्मानित भएका हुन् । 

मधेश प्रदेशको आर्थिक विकास र उद्योग वाणिज्य महासंघको हरेक गतिविधिमा सहकार्य गरी पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले दोसल्ला र कदर पत्रसहित सम्मान गरेका हुन् । 

टेमानीकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिाज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, अरूण प्रधान, हरि गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वैभव वीरगंजका लागि भाषा, संस्कृतिको जगेर्ना आवश्यक छ : मेयर सिंह

वीरगंज । वीरगंजमा २ दिने कार्यशाला सुरु भएको छ । साहित्यिक चौतारी नेपालले दसौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पाठ्यक्रम विमर्श तथा भाषा साहित्य प्रशिक्षण कार्यक्रम बिहिवारदेखि सुरु भएको हो ।

वीरगंजकाे विर्तास्थित त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयको सभाकक्षमा सुरु भएको कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख सिंहले भाषा र संस्कृतिको विकास पनि बैभव वीरगञ्जका लागि अपरिहार्य रहेको बताए ।

वीरगंज महानगरको सर्वाङ्गिन विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको महानगर प्रमुख सिंहको भनाई छ । उनले भने, ‘विद्यार्थीलाई भाषा र संस्कारसँगै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसँगै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउँछ । त्यसैले शिक्षासँगै संस्कार सिकाउनुपर्छ ।’

साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगञ्ज महानगरले गरीरहेका प्रयासको प्रसंशा गरे । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भएपनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ । शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दिँदै साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।

कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारेमा आफ्नो धारणा राखेका थिए ।

भाषा, साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको साहित्यिक चौतारी नेपालले वीरगञ्ज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरेको अध्यक्ष गीता भण्डारीले बताइन् । उनकाअनुसार २ दिने कार्यशालामा नेपाली भाषा तथा साहित्यसँगै विद्यार्थीलाई अध्यापन गराउँदाका चुनौती लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

२ दिनसम्म चल्ने कार्यशालामा देबी नेपालसँगै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् । कार्यशालामा वीरगञ्ज महानगर भित्रका २५ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ ।

साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव रामप्रसाद सुवेदीले गरेका थिए ।

जगरनाथपुरमा एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६  औंराहामा बुधबारदेखि एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन शिप विकास तालिम सुरु भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे समन्वयमा लघु घरेलु तथा साना उद्याेग प्रवर्धन केन्द्रद्वारा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सिप सिकेर आफ्नै मुलुकमा राेजगार गर्न तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष प्रसाद यादव, समाजिक विकास शाखाका आर्यन यादव, पप्पु यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२० जनाकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक विष्णु प्रसाद कलवार र सहायक प्रशिक्षक‍ अर्जुन पटेलले प्रशिक्षण दिइरहेका छन् ।

दाेस्राे सखुवा प्रसाैनी क्रिकेट टुर्नामेन्टकाे उपाधि कालिकामाईलाई

वीरगंज । दाेस्राे सखुवा प्रसाैनी क्रिकेट टुर्नामेन्टकाे उपाधि कालिकामाई गाउँपालिकाले जितेकाे छ । बुधबार भएकाे टुर्नामेन्टकाे फाइनल खेल ४५ रनले छिपहरमाई गाउँपालिकालाई हराउँदै कालिकामाई विजयी भएकाे हाे ।

सुरुमा टस जितेर ब्या‍टिङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानी १४९ रन बनाएकाे थियाे । त्यसपछि १५० रनकाे लक्ष्यसहित जवाफी ब्याटीङमा उत्रेकाे छिपहरमाईले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा १०४ रनमा समेटिएपछि कालिकामाई विजयी घाेषित भएकाे थियाे ।

विजेता टिम कालिकामाईलाई सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले रु ५१ हजार नगद पुरस्कारसहित ट्रफीले सम्मान गरेका थिए । उप विजेता छिपहरमाईले पनि नगद पुरस्कार रु २५ हजार र ट्रफी पाएका थिए । 

म्यान अफ द म्याच २१ बलमा २० रन बनाएका र ३ विकेट लिएका कालिकामाईका मनु हजरा घाेषित भएका हुन् । म्यान अफ द सिरिज कालिकामाई कै अजय महताे घाेषित भए । उनले माेबाइनल पुरस्कार पाए ।  

सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयाेग र सखुवा प्रसाैनी युवा समाजकाे आयाेजनामा टुर्नामेन्ट भएकाे थियाे । 

समाचार हुबहु सार्ने १८३ अनलाइनलाई कारबाही

वीरगंज । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।

काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।

त्यस्तै, एक लाई भुलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहनुभएका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आ.व. समेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन् ।

काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

साल्ट ट्रेडिङ्ग वीरगंजको ‘मलमा छलै छल’, भिजेको युरिया रि-प्याकिङ्ग गरि विक्री

वीरगंज । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजले भिजेको युरिया मलको बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको घटना बाहिरिएको छ । गत भदौको तेश्रो हप्तामा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंज कार्यालयले आयात गरेको २० हजार मेट्रिकटन मध्ये भिजेको युरिया मललाई रि-प्याकिङ्ग गरेर विक्री गरिएको पाइएको हो ।

नेशनल ट्रेडिङ्ग स्थित साल्ट ट्रेडिङ्गको गोदाममा अनलोड गर्न पुगेको ना. ३ ख ४०३३ नम्बरको टिपरमा लोड रहेको युरिया मलको बोराबाट तपतपी पानी चुहि रहेकै अवस्थामा फेला परेको थियो । त्यस बखत समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि गोदामका पालदारले दुव्र्यवहार गर्दै मोबाइल समेत खोसेको घटना बाहिरिएको थियो । त्यस बखत कार्यालय प्रमुख अमोज लामिछानेसँग बुझ्दा भिजेको मलको भुक्तानी नगरिने बताएका थिए ।

नेपाल सरकारले मल आयात गर्ने ठेकेदार कम्पनीसँग गरेको सम्झौता अनुसार सुरक्षित तरिकाले गोदाममा मल आए पश्चात चेकजाँच गरेर मात्रै भुक्तानी गर्ने गरिएको र गुणस्तरमा कमी पाए भुक्तानी नहुने बताएपनि हाल त्यही भिजेको गुणस्तरहीन मल साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नै विक्री गरेको छ । त्यस बखत भिजेको मललाई आफूहरुले ठेकेदार कम्पनीलाई फिर्ता गरिदिने बताएका थिए तर हाल त्यही मल आयातकर्ता ठेकेदार कम्पनीसँगको मिलोमतोमा साल्ट ट्रेडिङ्गले बोरा रि-प्याकिङ्ग गरि विक्री गरेको बताइएको छ ।

यसबारे साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछानेले भिजेको युरिया मल आधा मूल्यमा विक्री गरेको स्वीकारेका छन् । उनले भिजेर आएको युरिया मल किसानलाई नभई अन्य रुखविरुवा, पोखरी लगायतमा प्रयोग गर्नको लागि विक्री गरिएको बताए । उनले नेपाल सरकारले कृषकलाई वितरण गरिने मलमा मात्रै अनुदान दिने भएको कारण भिजेको मलको सरकारले अनुदान पनि नदिने र यस नियमानुसार नै आधा मूल्यमा विक्री गरिएको बताए ।

उनले भने ‘युरिया मल अलिअलि भिजेपनि खासै केही फरक पर्दैन, तर डिएपी भिज्यो भने ढिक्का हुन्छ, त्यो काम लाग्दैन’ भदौमा आयात गरिएको युरिया मलमध्ये केही भिजेको अवस्थामा आएको थियो, त्यसर्लाइ यस कर्पोरेशन लिमिटेडको नियमानुसार आधा मूल्यमा विक्री गरिएको उनको भनाई छ ।

मल वितरणमा प्रमुख लामिक्षानेकाे मनोमानी

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा आउने मल वितरणमा कार्यालय प्रमुख अमोज लामिछानेले मनोमानी गर्ने गरेको बताइएको छ । युरिया, डिएपी भन्दा पनि पोटासमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुख लामिछानेले आफ्नो मनोमानी तरिकाले पोटास वितरण गर्ने गरेको बताइएको हो । वीरगंज स्थित कार्यालयबाट बारा, पर्सा, रौतहट लगायत १६ वटा जिल्लाको लागि मल पठाउने गरिन्छ ।

बारा, पर्सा र रौतहटका कृषि सहकारीहरुले यहीबाट मल उठाउने गरेका छन् । त्यसै क्रममा पोटास मलमा कोटा सिस्टम नभएको कारण कार्यालय प्रमुखले आफ्नो मनोपोली तरिकालबाट मल दिने गरेको सेवाग्राहीहरुको आरोप छ । यही माघ २१ गते जय दुर्गा कृषि सहकारी र आकृत्ति कृषि सहकारीलाई बिना कोटा १२० बोरा पोटास कार्यालय प्रमुखले दिएका थिए । कसैलाई १ बोरा पनि नदिने र कसैलाई डेढ देखि दुईसय बोरासम्म मल दिने गरेको कारण कार्यालय प्रमुख लामिछानेले आफ्नो मनोपोली तरिकाले मल वितरण गर्ने गरेको उनीहरुको भनाई छ ।

उनले आफ्नो मनपरी तरिकाबाट नै पोटास मल अन्य जिल्लाहरुमा पनि पठाउने गरेको कारण माघ ४ गते बारा प्रहरीले ७८ लाख मूल्य बराबरको १३ वटा ट्रकमा लोड गरिएको अवस्थामा ५ हजार ४६० बोरा पोटास मल बरामद गरेको थियो । वीरगंजदेखि राजबिराज, बिराटनगर, बिर्तामोड तर्फ गइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाले ना. ५ ख २९७८, ना. ८ ख ८५२२, ना. ८ ख १८४५, ना. ६ ख ७३११, ना. ५ ख ५४०७ नम्बरको ट्रकहरुबाट २१ सय बोरा र इलाका प्रहरी कार्यालय निजगढले ना. ५ ख ३३३, ना. ७ ख १८६३, ना. ५ ख ७७८६, ना. ६ ख ३८३४, ना. ७ ख ९८४४, ना. ६ ख ३३४०, ना. ८ ख २४९७, ना. ७ ख ९८५२ नम्बरको ट्रकहरुबाट ३ हजार ३६० गरि ५ हजार ४६० बोरा पोटास बरामद गरेको थियो ।

यि ट्रकहरुमा लोड गरि लैजान लागिएको मल साल्ट ट्रेडिङ्ग कर्पोरेशनकै मल थियो र प्रहरीले ति मलमा कर सम्बन्धी विवरण शंकास्पद देखिएको अवस्थामा बरामद गरेको थियो । यि घटनाले पनि साल्ट ट्रेडिङ्गले मल विक्रीमा छलैछल गर्ने गरेको पुष्टि हुन्छ ।

विगत १८ वर्षदेखि कार्यायल प्रमुख लामिछानेको रजाई

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड वीरगंजका प्रादेशिक प्रमुख अमोज लामिछाने विगत १८ वर्षदेखि एउटै कार्यालयमा रजाई गर्दै आएका छन् । पहुँच, पावर एवं पैसाको आडमा मन्त्रालय एवं साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेको केन्द्रिय कार्यालयबाट मिलोमतो गरि एकै ठाउँमा विगत १८ वर्षदेखि रजाई गर्दै आएका हुन् । उनी आएदेखि यहाँ कति कर्मचारी आए, गए तर उनी जहाँको त्यही छन् । उनलाई यहाँबाट सरुवा गर्ने मन्त्रालय एवं केन्द्रिय कार्यालयको समेत अधिकार नभएको जस्तो व्यवहार गर्ने गरेका छन् ।

उनी आएदेखि नै कृषकहरुको लागि आयातित मलमा लोड, अनलोड, ढुवानी, गोदाम भाडा लगायतका विषयमा हिनामिना गरि भ्रष्टाचार गर्ने उनीसँग राम्रो अनुभव छ । उनलाई मन्त्रालय एवं केन्द्रिय कार्यालयले वीरगंजबाट सरुवा गर्न नसकेको हो ? वा उनी राजनीतिक दलको पुच्छर समातेर यही वीरगंजमै १८ वर्षदेखि रजाई गर्दै आएका छन् यो खोजविनको विषय हो ? ।

बारामा लागू औषध गाँजासहित ३ जना पक्राउ

वीरगंज । बारा प्रहरीले लागू औषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ ।  

बाराकाे आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा निवासी २७ बर्षिय सरोज कुमार गिरी, रौतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा निवासी ५० बर्षिय रामानन्द साह र साेही ठाउँ निवासी ४५ बर्षिय चुलाई महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका कै वडा नं. ४ गंगानगर स्थितबाट १५ किलाे लागु औषध गाँजासहित ३ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

बारागढीबाट भारत तर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरकाे मोटरसाइकल मंगलबार राति १०:३० बजे शंका लागि रोकी चेक जाँच गर्दा लागु औषध बरामद भएपछि उक्त माेटरसाइकल र लागु औषधसहित तीनै जनालाई नियन्त्रणमा लिएकाे उनले वताए ।

पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट ३ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले जानकारी दिए ।

इकाई प्रमुख मुखियाकाे लापरवाही कायमै

वीरगंज । शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख उमेश कुमार मुखियाकाे लापरवाही कायम रहेकाे गुनासाे प्राप्त भएकाे छ । इकाई प्रमुख मुखियाकाे लापरवाहीले शिक्षक सेवा आयाेगले सिफारिस गरेका निमावि तहका सफल शिक्षक पदका उम्मेदवारहरु समयमा न्युक्ति नपाएकाे गुनासाे गरेका छन् ।

बारासहितका मधेश प्रदेशका अन्य जिल्लाहरुले समय मै न्युक्ति दिएर पठाए पनि इकाई कार्यालय पर्साले हाल सम्म न्युक्ति नदिएका कारण आफुहरु मार्कामा परेकाे सिफारिस शिक्षकहरुले वताएका छन् । आफुहरु भन्दा पहिला अन्य जिल्लाले न्युक्ति दिएर पठाएका कारण आफुहरु पछाडी परेकाे उनीहरुकाे भनाई छ । 

शिक्षक सेवा आयाेगले माघ २९ गते नै आफुहरुलाई सिफारिस गरेर सम्बन्धित जिल्लामा पठाएपनि हाल सम्म शिक्षा विकास तथा समन्वय इकाई पर्साबाट न्युक्ति नपाएकाे सिफारिस भएका निमाविका विज्ञान विषयका शिक्षक आनन्द कुमार मालीले वताए ।

उनले भने “नियम अनुसार न्युक्ति दिईदिनु पर्ने आज अन्तिम दिन हाे तर हाल सम्म न्युक्ति पाउन सकेका छैन । न्युक्ति वितरणकाे सूचना पनि पाएका छैनाैं । अन्य जिल्लाले न्युक्ति दिएर पठाइसेकाे छ । न्युक्ति पाएकाहरु सम्बन्धित विद्यालयमा हाजिर पनि भइसकेका छन् । जसका कारण हामी पछाडी पर्याैं ।”

उनीहरु भन्दा अब हाम्राे बढुवा पछि हुने भयाे र किनभने जेष्ठतामा पनि पछि पर्ने भएकाेले मर्कामा परेकाे उनले वताए । इकाई कार्यालयले विद्यालय छनाैट पक्रियाकाे फारमहरु भर्न लगाएपनि त्यसपछि कुनै सुचना नगरेकाे उनले वताए । न्युक्ति बारे बुझ्न इकाई प्रमुख सरसंग फाेनमा सम्पर्क गर्न खाेज्दा उहाँकाे फाेन नै नउठने गरेकाे उनले गुनासाे समेत गरे ।

यसका साथै इकाई प्रमुख मुखियाकाे लापरवाहीले शिक्षक सरुवा र शिक्षक आवकाश लगायतका कामहरु समेत प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् । यस विषयमा विभिन्न संचारमाध्यमा समाचारहरु प्रकाशन भएपनि उनकाे बानी ब्यवहारमा कुनै परिवर्तन नआएकाे सेवाग्राहीकाे भनाई छ ।

यस विषयमा बुझ्न इकाई प्रमुख मुखियासंग फाेनमा सम्पर्क गर्दा उनले फाेन उठाएपनि प्रश्नकाे जवाफ नै नदिई गैरजिम्मेवार पूर्ण तरिकाले फाेन काटिदिए । त्यसपछि पुन: फाेन गर्दा उनले फाेन उठाएनन् ।

बारामा शंकास्पद वस्तु पड्किएर ३ जनाकाे मृत्यु  

वीरगंज । बाराकाे निजगढ नगरपालिका वडा नं.७ निजगढ बजार स्थि शंकास्पद वस्तु पड्किएर ३ जनाकाे मृत्यु भएकाे छ ।

निजगढ बजार स्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा साेमबार दिउँसो १२:०० बजेको समयमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्किदा घाइते भएकाहरु मध्येका तीन जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं.०५ निवासी ४५ बर्षिय रोहित वर्कशपका सञ्चालक रेशम मगर, भारतकाे गवाई निवासी ३५ बर्षिय राकेश जैसवाल र वीरगंज महानगरपालिकाकाे वडा नं.९ निवासी २० बर्षिय रितु रजत रहेका छन् ।

तीनै जनाकाे बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएकाे हाे । वर्कसपका संचालक मगरकाे साेमबार दउसाे १:३० बजे, भारतिय नागरिक जैयसवालकाे साेही दिन राति ९:४० बजे र वीरगंज निवासी रजतकाे मंगलबार विहान ०७:३० बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे प्रहरी प्रवक्ता न्याैपानेले वताए ।

साेही घटनाका घाइते निजगढ नगरपालिकाकाे वडा नं.०५ निवासी ४५ बर्षिय सुर्य बहादुर थापाकाे सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचार भई रहेको छ ।

त्यसैगरी अर्का घाइते वीरगंज महानगरपालिका वडा नं.९ निवासी ३४ बर्षिय फिरोद देवान र भारतकाे रामघडवा निवासी २० बर्षिय अरविन साहकाे वीरगंजस्थित बयोधा अस्पतालमा उपचार भई रहेको छ । 

घाइते भारतिय नागरिक साहकाे अवस्था गम्भिर र उनलाई अस्पतालकाे आइसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएकाे छ ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसान्ध भइरहेकाे जनाएकाे छ । भारतकाे मोतिहारी निवासी ४० बर्षिय राज रमेश जैसवाल र निजगढ नगरपालिकाकाे वडा नं. ९ निवासी २९ बर्षिय टिकाराम पाख्रिङलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका मध्येका भारतिय नागरिक जैसवाल कवाडी किन्ने र निजगढ निवासी पाख्रिङ कवाडि बेच्ने मानिस रहेका छन् ।

नेता पटेलद्वारा “एभरि डे रुफ टप सेकुवा कर्नर“ को उदघाटन

वीरगंज । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेलले साेमबार एक समारोहका बिच “ एभरि डे रुफ टप सेकुवा कर्नर “ को उदघाटन गरेका छन् ।

सेकुवा कर्नरकाे उद्घाटन गर्दै नेता पटेलले अहिले देशमा चलिरहेको आर्थिक मन्दिका बिच वीरगंज शहर भित्रका युवाहरु लगानि गरि होटेल सन्चालन गर्नु आफैमा चुनौती रहेको बताउँदै सेकुवा कर्नरले वीरगंजमा आफ्नो अलगै पहिचान बनाइ ग्राहकलाई सन्तुष्टि हुने गरि सेवा दिनेमा आफु बिश्वस्त रहेको बताए ।

वीरगंज मुर्लिस्थित सम्झना होटेल अगाडी शहरको बिचमा रहेको यो सेकुवा कर्नरमा शहरका पांच युवा मिलि करिब तिस लाखको लगानिमा साेमबारदेखि सन्चालनमा आएको होटेल सन्चालक शुशिल सिन्ह राजपुतले जानकारी दिए ।