Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन इन्टर स्कूल टी–२० क्रिकेट : गोल्डेन फ्यूचर, बिकन र मास्कट विजयी

spot_img
spot_img

वीरगंज । नारायणी क्रिकेट मैदानमा जारी नेपाल मेडिसिटी प्याब्सन इन्टर स्कूल टी–२० नकआउट क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल सम्पन्न भएका छन् । आइतवार भएका खेलमा गोल्डेन फ्यूचर, बिकन स्कुल र मास्कट एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा माउन्ट मकालु र गोल्डेन फ्यूचरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको माउन्ट मकालु १४.५ ओभरमै सबै विकेट गुमाएर ७४ रनमै समेटियो । ७५ रनको लक्ष्य गोल्डेन फ्यूचरले १३.२ ओभरमै ६ विकेटको क्षतिमा पूरा ग-यो । यस खेलमा निरञ्जन यादव ’प्लेयर अफ दी म्याच’ घोषित भए ।

दोस्रो खेलमा बिकन स्कुल १६ रनले विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बिकन स्कुलले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनायो । १०८ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावर १५ ओभरमा ७ विकेट गुमाउँदै ९१ रनमै सीमित भयो । बिकनका नौसाद मियाँ उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

तेस्रो खेल मास्कट एकेडेमी र गुरुकुल एकेडेमीबीच भयो । टस जितेर पहिला ब्याटिङ गरेको मास्कट एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाएर ११७ रन बनायो । ११८ रनको लक्ष्य पछ्याएको गुरुकुल एकेडेमी १३.५ ओभरमै ४९ रनमै अलआउट भयो । मास्कटका रोहित कुमार महतो ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताका प्लेयर अफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...