Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

वीरगंजका खुद्रा व्यवसायीको समस्याप्रति विउवासंघ गम्भिर

spot_img
spot_img

वीरगंज।  वीरगंज उद्योग वाणिज्य संघ (विउवासंघ) को आयोजनामा वीरगंजका खुद्रा व्यपारी र व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघकै सभाकक्षमा मंगलबार संघ अन्तर्गतको खुद्रा व्यवसाय समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंजका खुद्रा व्यपारी र व्यवसायीहरुका विद्यमान समस्या, बजार अनुगमनका नाममा सरकारी निकायले दिने गरेको दुःख, करका नाममा राज्यका तर्फबाट थोपारिएका समस्या, नयाँ व्यवसाय दर्ता प्रकृयामा सरकारको झन्झटीलो प्रकृयाबाट भएको हैरानी, उनिहरुको व्यवसायिक सुरक्षा लगायतका बारेमा खुद्रा व्यापारीले दुखेसो पोखेका थिए ।

खुद्रा व्यवसाय समितिका संयोजक नरेश टिवडेवालकाअनुसार छलफलमा खुद्रा व्यपारी र व्यवसायीहरुले आफ्ना समस्याहरु लिपिबद्ध गरेर दीर्घकालिन समाधानका लागि संघले सम्बिन्धत निकायमा पुगेर ध्यानाकर्षण गराउनुपर्ने माग गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद गौतले वीरगंजको व्यापारिक गतिविधिमा खुद्रा व्यपारी र व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको भन्दै संघ सदैव उनीहरूको हितका लागि प्रतिबद्ध रहेको बताए । उनले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्दै खुद्रा व्यपारीका समस्याहरुको व्यवहारिक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टिवडेवालको अध्यक्षतामा भएको छलफलमा संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष अनोज रुंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, कार्यसमिति सदस्यका साथै वीरगंजका खुद्रा व्यपारी र व्यवसायीहरूको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...