Date
आइत, कार्तिक २९, २०८३
Sun, November 15, 2026

वीरगंजमा कर तिर्ने अभियान सुरु, घर-घरमा पुगेर जनचेतना फैलाइदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले आइतबारदेखि व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले “समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं” भन्ने अभियान सुरु गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहको अगुवाइमा सुरु भएको अभियान अन्तर्गत आइतबार पहिलो दिन घण्टाघर लिंक रोड क्षेत्रमा टोली परिचालन भएको हो । टोलीमा महानगरका कर्मचारी, राजश्व शाखाका प्रतिनिधि र स्वयंसेवक टोलीहरूले घर र पसलमा पुगेर करको जानकारी दिने, कर नतिर्नेहरूको सूची संकलन गर्ने र समयमै कर तिर्न अनुरोध गर्ने कार्य सुरु भएको हो ।

वीरगंजलाई आर्थिक रूपमा सबल बनाउँदै नगर विकासलाई तीव्र बनाउनु नै अभियानको मुख्य उद्देश्य रहेको महानगर प्रमुख सिंहले बताए । “सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा पार्क र खेलमैदान जस्ता पूर्वाधार विकासका लागि आम्दानी वृद्धि अनिवार्य छ । कर तिर्ने संस्कारले मात्र हामी समृद्ध र सुन्दर वीरगंज बनाउन सक्छौं,” सिंहले भने ।

महानगरपालिकाले कर नतिर्ने वा लुकाउने व्यक्तिहरूमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ । आवश्यक परेको खण्डमा जरिवाना तथा कानूनी कदम चाल्ने महानगरले जनाएको छ ।

यसबाहेक, कर तिर्न सहज बनाउन महानगरमा छुट्टै सहायता कक्ष स्थापना गरेर कर सम्बन्धी परामर्श तथा सहयोग सेवा उपलब्ध गराइन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए । अनलाइन मार्फत कर तिर्ने प्रणालीलाई समेत सुधार गरी थप प्रभावकारी बनाइने योजना रहेको उनले वताए ।

महानगरपालिकाले विभिन्न वडामा सचेतनामूलक गोष्ठी, पम्प्लेट वितरण, माइकिङ अभियान र स्थानीय एफएम रेडियो तथा अनलाइन प्लेटफर्ममार्फत प्रचार-प्रसार गर्ने तयारी पनि गरेको छ ।

महानगर प्रमुख सिंहले सबै व्यवसायी, घरधनी तथा नागरिकहरूलाई समयमै कर तिर्न अनुरोध गर्दै, वीरगंजको विकासमा सहभागी हुन आह्वान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...

छठका दिन घाट क्षेत्रमा माछा–मासु र मदिरा बिक्री तथा सेवन गर्न नपाइने

वीरगञ्ज । छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पटका, आतिसबाजी तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र...