Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वडाअध्यक्ष चौरसियाले गरे आदर्श थारु छात्राबासको ४ कोठे भवनको शिलान्यास

spot_img
spot_img

वीरगंज। वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा चार कोठे छात्रावासको शिलान्यास गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसियाले आदर्श थारु छात्राबासको चार कोठे भवनको मंगलवार शिलान्यास गरेका हुन् । वडाअध्यक्ष चौरसियाकै पहलमा मधेश प्रदेश सरकारको ४५ लाखको लागतमा भवन निर्माण कार्यको थालनी गरिएको हो ।

भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष चौरसियाले भवन निर्माण भएसँगै छात्राबासमा बस्नेहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले आगामी वर्षमा पनि थप बजेटको पहल गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सो अवसरमा वडा नम्बर ५ का वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, समाजसेवी मोती जी, नविन न्यौपाने, आदर्श थारु छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी, उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...