Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

ठूलो परिमाणमा लागुऔषधसहित बाराबाट २ जना पक्राउ

spot_img
spot_img

वीरगंज। बाराबाट ठूला परिमाणको प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजस्थित प्रहरी कार्यालय अगाडी चेकजाँचको क्रममा प्रतिबन्धित लागु औषध ट्रमाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा चेकजाँचमा खटेको टोलीले वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको बिआर ०५ बीए ४८१७ नम्बरको भारतीय कारबाट लागुऔषध ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल २ हजार ९ सय ६५ पत्ता (प्रत्येक पत्तामा १० वटाको दरले हुन आउने २९ हजार ६ सय ५० ट्याबलेट) बरामद गरेको हो ।

प्रहरीले लागुऔषधसहित कार चालक भारतको मोत्तिहारी जिल्ला अरेराज–११ मल्लाही बस्ने २३ वर्षीय नितिश कुमार ठाकुर र कारमा सवार वीरगंज महानगरपालिका वडा नम्बर १६ का २६ वर्षीय सिद्धान्त प्रसाद पटेललाई नियन्त्रणमा लिएको छ ।

चेकजाँचको क्रममा कार पछाडीको सिट मुनी फल्स बटम बनाई लुकाई छिपाई लगिरहेको अवस्थामा बरामद लागुऔषधसहित नियन्त्रणमा रहेका उनीहरुलाई आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...